अपूरा बालेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

अपूरा बालेन

काठमाडौं । अपूरा बालेन । हो यतिबेला भत्काएका काम पूरा गर्न नसक्दा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह उर्फ (बालेन) साँच्चै अपूरा छन् । बनाउन थालिएका कामहरु पूर्ण भएका छैनन्, कहिले पूरा हुनेहुन् त्यो पनि टुंगो छैन । जताततै शुरु भएका कामहरु लथालिङ्ग र भताभुङ्ग छ । काम हुँदै नभएका भन्ने कदापि होइन, तर शुरु गरिएका कामहरु कतैपनि पूर्ण नहुनुले मेयस साहलाई अपूरा बालेन भन्दा अत्युक्ति नहोला ।

उनले मेयर बनेको करिव वर्ष दिनमा गरेका कामहरु हेरेर मूल्यांकन गर्ने हो भने प्रगतिजनक नतिजा छैन । काठमाडौं बनाउन भत्काइएका संरचनाहरुको उचित व्यवस्थापन नगरी छोडिँदा काठमाडौंको झिनो शोभा सकिएको भान अहिलेका काठमाडौं महानगर भित्र पर्ने सडक हेरे पुग्छ । राम्रोसँग सञ्चालन भइरहेका कतिपय काममा व्यवधान झिकिएका छन् । कलंकी–बल्खु सडकखण्ड निर्माण पूर्ण भइ राम्रोसँग सञ्चलन भएको डेढ वर्ष बितेको छैन, अहिले फेरि भत्काएर पुरानै अवस्थामा धुलो र धुवाँमय बनाइएको छ ।

कलंकी–चाबहिलसम्मको सडक खण्डको त कुरै नगरौँ, हरेक समयमा धुवाँ र धुलोले सडक ढाकिएको छ । बालेन्द्र साह आएपछि मात्रै सडक खण्ड बिग्रिए भन्ने होइन तर नयाँ आश जगाएर आएका जनप्रतिनिधिहरु नजुर्मुराउँदा नयाँ र पुराना पात्रमा फरक देख्न जनताले छोडिसके । त्यति मात्रै होइन, काठमाडौंको सभ्यता जोगाउने नाममा भत्काइएका अनेकन सडक छेउका संरचनाहरु त्यत्तिकै छोडिएको छ । जथाभावी र मनोमानी रुपमा । शहर कसरी व्यवस्थित गर्ने, महानगर कसरी सफा, हराभरा र सुव्यवस्थित बनाउने यो काठमाडौं महानगरको काम हो । तर काठमाडौं महानगरपालिका कानमा तेल हालेर बसेको छ । काम परेपछि भत्काउनुपर्छ तर त्यसको पुनः निर्माणमा ढिलाइ गरेर स्थानीय जनप्रतिनिधिहरुले नागरिकलाई असुविधा दिने छुट पनि छैन । भत्काइसकेपछि त्यसको समय सीमा निर्धारण गरेर काम सम्पन्न गर्नु नै स्थानीय सरकारको दायित्व हो । यसको सबै जिम्मेवारी काठमाडौं महानगरपालिकाले लिनुपर्ने हो तर महानगरपालिका उठेको छैन, वागदरबारमै सिमित छ ।

वागदरबारमा रहेको महानगरपालिका त्यहाँबाट बाहिर निस्किएको अनुभुति काठमाडौंवासीले गर्न सकेका छैनन् । मुख्य कुरा त, काम कसरी अघि बढाउने यसको जिम्मेवारी र अधिकार कामनपा प्रमुख बालेन्द्र साहलाई हुन्छ । उनको योजना, कार्यदिशाले काठमाडौं कस्तो बनाउने भन्ने दिशा निर्देश हुनुपर्ने हो । तर फुटपाथ व्यापारी, सुकुम्वासी बस्ती यी दुई कुरामा बाहेक मेयर साहको ध्यान केन्द्रित हुन सकेको छैन । अदालतको आदेश र केन्द्र सरकारले काम गर्न दिएन भन्नु शिवाय उनको शब्द वाक्यांश अरु भेटिँदैनन् ।

काम गर्नलाइ महानगरका यी दुई क्षेत्र मात्रै छैनन्, सडकको स्तरोन्नती र सुविधा सम्पन्न बनाउनु, सडकमा फोहोरमैलाको व्यवस्थापन गर्नु, न्यायिक समितिलाई प्रभावकारी बनाउनु लगायत धेरै कुराहरु बाँकी छन् । केन्द्रसँग समन्वय र सहकार्यको कमी हुँदा पनि कतिपय काम बन्न सकेका छैनन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);