सबैकुरा दान गर्ने मानिसको खाँचो छः अध्यक्ष नेपाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

सबैकुरा दान गर्ने मानिसको खाँचो छः अध्यक्ष नेपाल

काठमाडौं, २० चैत्र । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अरुको जीवन बचाउन आफूले गर्नसक्ने सबैकुरा दान गर्ने मानिसको खाँचो रहेको बताउनुभएको छ ।

सोमवार पार्टी केन्द्रिय कार्यालय आलोनगरमा युवा संघ नेपाल केन्द्रिय निर्वाचन आयोगले स्टालीन जयन्तीको अवसरमा आयोजित रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मानव जातिको लागि रगतको आवश्यक्ता महत्वपूर्ण रहने बताउनु भयो । उहाँले अरु कसैको जीवन बचाउनका लागि आफूले सक्ने शरीरका सबै अंगहरु दान गर्न सक्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मानव जीवनको लागि रगत अत्यन्त आवश्यक छ । रगत दान मानिसको प्राण जोगाउने माध्यम हो । रगत दिएर अरुको ज्यान बच्नसक्छ, आयु लम्बिन सक्छ । शरीरका कुनैपनि अंगहरु दान गर्न तयार छु भन्ने मानिसको खाँचो छ ।’

अध्यक्ष नेपालले सो अवसरमा रक्तदानका लागि उपस्थित युवाहरुलाई रक्तदानका लागि अपिलसमेत गर्नुभएको थियो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);