काठमाडौंका सडक पार्किङको रुपमा प्रयोग हुँदा सवारी आवागमनमा वाधा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौंका सडक पार्किङको रुपमा प्रयोग हुँदा सवारी आवागमनमा वाधा

सीता शर्मा

काठमाडौं, ९ जेठ । व्यवस्थित पार्किङ नहुँदा काठमाडौंका सडक पार्किङ स्थलको रुपमा प्रयोग भइरहेका छन् । सडक नै साघुरो हुने गरी सडकका दुबै तर्फ नै सवारी पार्किङ गरीँदा सवारी आवात जावत र पैदल यात्रुलाई समस्या त भएको छ नै यसले दुर्घटनाको जोखिम पनि बढाएको छ । व्यवस्थित पार्किङ बनाउने भन्दै आएको काठमाडाैं महानगरपालिकाले भने यसका लागि ठोस कदम अगाडी चालेको छैन ।

पार्किङ क्षेत्रको अभावको कारण देखाउँदै सवारी चालकले सडकलाई पार्किङ स्थल बनाउँदै आएका छन् । पार्किङ निषेध लेखिएकै स्थानमा सडक नै भरिने गरी सयौं मोटरसाइकल राखिएका छन् तर यसरी ट्राफिक नियम नै मिचेर राखिएका सवारी साधनलाई कुनैपनि कारबाहि भने हुँदैन ।

काठमाडौंको बागबजार सडकमा मात्र होइन प्रदर्शनी मार्ग, न्युरोड, बिशालबजार लगायतका हरेक सडकमा यसरी नै अस्तव्यस्त तरीकाले पार्किङ गर्ने गरिएको छ । पार्किङका लागि स्थानै नभएपछि सडकमै पार्किङ गर्नुपरेको मोटरसाइकल चालकको भनाई छ ।

वीर अस्पताल र महाबौद्धबीचको सडकको दुबै तर्फ पनि सवारी साधन पार्किङ हुने गरेको छ । यसरी जथावाभि पार्किङ गरिंदा पैदल यात्रुलाई समेत हिंड्न गाह्रो हुने गरेको छ । पैदलयात्रुका लागि बनाइएका पेटी फुटपाथ पसलले भरीएका छन् भने सडक सवारी पार्किङले ।

व्यवस्थित पार्किङको अभाव र भएका नियम कानुनको कार्यान्वयन हुन नसक्दा राजधानीका सडक कुरुप बन्दै गएका छन् । पार्किङको अभावमा जथाभावी सवारी साधन पार्किङ गर्दा जामको समस्या त छँदैछ पैदल यात्रुले समेत समस्या भोग्दै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);