राजधानीका सडक सवारी गुड्नका लागि हो की पसलहरु विछ्याउनका लागि ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

फुलमाया आले, काठमाडौँ, ३ भदौ ।

राजधानीका ठूला व्यापारिक भवन तथा पसलहरु मुख्य सडककै छेउमा छन् । दिनहुँ हुने अत्यधिक भीडका कारण सडक छेउमा पार्किङको व्यवस्था पनि छैन । जसका कारण राजधानीमा दिनप्रतिदिन अव्यवस्थित रुपमा सवारी पार्किङ हुने क्रम बढ्दा पैदलयात्रीलाई सास्तीसँगै जोखिम पनि बढाएको छ ।

 

लाग्छ, राजधानीको सडक सवारी गुड्नका लागि नभएर पसलहरु विछ्याउनका लागि हो । मुख्य चोकहरुमा बाटो मिचेरै पसल राखिएका छन् भने कपडा पसलहरुमा पनि सडकको छेउमा हिँड्ने मानिसलाई छुने गरी नै कपडाहरु झुन्डाईएका छन् ।

 

सडकमा अव्यवस्थित रुपमा पसलहरु संचालन हुँदा सवारी पार्किङका लागि स्थान अभाव हुँदै आएको छ । जसका कारण खासगरी मोटरसाइकल जहाँ त्यही पार्किङ गर्ने गरिएको छ । यसले सडकलाई अव्यवस्थितमात्रै बनाएको छैन, यात्रुहरुले विघ्न सास्तीसमेत झेल्नुपरेको छ ।

 

 

सडकका छेउमा जथाभावी संचालन गरिने पसललाई सरकारले अझै कडाइ गर्न सकेको छैन । अर्कोतिर अव्यवस्थित पार्किंङको समस्यालाई पनि सरकारले गम्भीरतापूर्वक लिएको छैन । जसका कारण राजधानीको सडक कुरुप बन्दै गएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);