रेल्वे ट्रयाक बाढीले बगाएपछि इन्धन आपूर्तिमा समस्या | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

सत्यराज घिमिरे, वीरगन्ज, ३ भदौ ।
भारतीय आयल निगमको रक्सौल डिपोमा पेट्रोल, हवाई इन्धन र मट्टितेलको सञ्चित सकिँदा त्यसको असर नेपालमा पर्न थालेको छ ।

भारतको बरौनीबाट रक्सौल आउने रेल्वे ट्रयाक केही दिनअघिको बाढीले बगाएपछि इन्धन आपूर्तिमा समस्या भएको हो ।

 

भारतको बरौनीबाट रक्सौल आउने करिब ३५ मिटर रेल्वे ट्रयाक सितामढीनजिक बाढीले बगाउँदा रक्सौल डिपोमा तेल भित्रिन नसकेको हो । रक्सौल डिपोमा तेल सकिएसँगै नेपाली बजारमा अभाव सुरु भएको छ ।

 

रक्सौलस्थित भारतीय आयल निगमको डिपोमा सञ्चित डिजेलले पनि एक सातामात्र पुग्ने जनाइएको छ । बजारमा इन्धन अभाव सुरु भएपछि स्थानीय चिन्तित देखिएका छन् ।

 

रक्सौलमा बरौनी र पानीपथबाट पेट्रोलियम पदार्थ आउने गरेकोमा बाढीका कारण लिक भत्किएपछि दुवै रुटको रेल सेवा अवरुद्ध भएको छ । रक्सौल डिपोमा इन्धन सञ्चिती घट्दै गएपछि नेपालतर्फको आयात प्रभावित भएको भन्सार कार्यालयले जनाएको छ ।

 

रक्सौल डिपोबाट इन्धन नआए पनि हाल बाराको अमलेखगन्जबाट सञ्चित रहेको इन्धन वितरण भइरहेको छ । नेपालमा ७० प्रतिशत इन्धन भित्रिने वीरगन्ज नाकाबाट पेट्रोलियम पदार्थ भित्रिन नसकेमा समग्र इन्धन बजार प्रभावित नहोला भन्न सकिन्न ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);