आयल निगमको अमलेखगञ्ज डिपोमा लोड अनलोड ठप्प | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

आयल निगमको अमलेखगञ्ज डिपोमा लोड अनलोड ठप्प

Amalekhganj Oil Nigam

श्यम गुप्ता
बारा, २० जेठ
। नेपाल आयल निगमको अमलेखगञ्ज डिपोमा लोड अनलोड ठप्प भएको छ । ट्याङ्कर चालकहरुको आन्दोलनका कारण अमलेखगञ्ज डिपोमा लोड अनलोड ठप्प भएको हो । भारतीय प्रहरीले कुटपिट गरेको भन्दै सुरक्षाको माग राख्दै चालकहरु आन्दोलित भएका हुन् ।

भारतको रक्सौलबाट नेपाल आउने ट्याङ्कर चालकलाई भारतीय प्रहरीले हातपात गरेको भन्दै ट्याङ्कर चालकहरु आन्दोलित भएका हुन् । चालकहरुको आन्दोलनका कारण अमलेखगञ्ज डिपोमा लोड अनलोड ठप्प भएको छ । भारतीय प्रहरीले बिनाकारण निर्घात कुटपिट गर्दै ज्यान मार्ने धम्की दिएकोले आफूहरु असुरक्षित भएको भन्दै ट्याङ्कर चालकहरु आन्दोलित भएका हुन् । चालकहरुले डिपो अगाडी सुरक्षाको माग राख्दै धर्ना दिएका छन् ।

चालकहरुको आन्दोलनका कारण क्षेत्रिय डिपो अमलेखगञ्जबाट हुने सम्पूर्ण लोड अनलोड प्रभावित भएको छ । यता निगमले आन्दोलनबारे औपचारिक जानकारी नआएपनि चालकहरुलाई भारतीय प्रहरीले कुटपिट गरेपछि चालकहरु आन्दोलित भएको प्रतिक्रिया दिएको छ । निगमले दुबै पक्षसँग वार्ता गरेर समस्या समाधान गर्ने जनाएको छ ।

भारतीय प्रहरीले पटक पटक ज्यादती गर्ने गरेको भन्दै चालकहरुले सुरक्षित महशुस नभएसम्म लोड अनलोड नगर्ने चेतावनी दिएका छन् । लोड अनलोड ठप्प हुँदा देशभर नै इन्धन अभाव हुने भएकाले तत्काल समस्या समाधान गर्न सम्बन्धित निकायले चासो दिनु आवश्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);