निषेधाज्ञाको आठौं दिन मूख्य सडकसँगै भित्रि सडक पनि सुनसान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

निषेधाज्ञाको आठौं दिन मूख्य सडकसँगै भित्रि सडक पनि सुनसान

काठमाडौं, ११ भदौ । कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि सरकारले उपत्यकामा जारी गरेको निषेधाज्ञाको आज (बिहीबार) आठौं दिन पुगेको छ । काठमाडौं उपत्यकामा कोभिड १९ संक्रमणको जोखिम बढ्दै गएपछि भदौ ३ गते मध्यरात देखि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेका थिए ।

यस्तै बुधबार फेरी एक साताका लागि निषेधाज्ञा थप गरी भदौ १७ गते मध्यरात सम्मका लागि कायम गरेको छ । निषेधाज्ञाका कारण उपत्यकाका मूख्य सडकसँगै भित्रि सडकहरु पनि सुनसान देखिन्छन् । अत्यावस्यक कामका लागि बाहेक मानिसहरु घर बाहिर निष्कन पाएका छैनन् । सवारी साधानको आवागमन पनि निकै न्यून छ ।

प्रहरीले मुख्य सडकको चोकचोकमा बसेर सवारी साधनको चेकजाँचलाई कडाई गरेको छ । बिहीबार उपत्यकाको बानेस्वर, तीनकुने, सिनामंगल, एयरपोर्ट, गौशाला, ज्ञानेश्वर लागयतका ठाउँमा पुग्दा सवारी साधनको आवागमन न्यून देखिएको छ । फुटपाथमा मानिसहरुको आगावमन पनि निकै न्यून छ । सडकमा एम्बुलेन्स, स्वास्थ्यकर्मी, खाद्यन्न ढुवानी, सञ्चार, बैंक, विद्युत, खानेपानी लगायत अत्यावस्यक सेवाका सवारी साधनहरु मात्रै सञ्चालनमा आएको देखिन्छ ।

भित्रि सडकमा पनि सवारी साधनको आवागमन न्यून छ भने अत्यावस्यक खाद्यान्न, दुध लगायतका पसलहरु विहान ९ बजे सम्म खुलेका छन् । उपत्यकाका तीनवटै जिल्लाका प्रशासनले विहान सवा ९ बजेसम्म खाद्यन्न लगायतका पसलहरु सञ्चालन गर्न दिने निर्णय गरेको थियो । त्यसैले विहानको समयमा मानिसहरु आफ्नो घर नजिकको पसल सम्म पुगेर किनेमल गर्ने गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);