नेपालगञ्जमा कोरोनाबाट ७० वर्षिय महिलाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नेपालगञ्जमा कोरोनाबाट ७० वर्षिय महिलाको मृत्यु

corona virous

नेपालगञ्ज, ११ भदौ । कोहलपुर शिक्षण अस्पतालमा उपचाररत कोरोना संक्रमित एक ७० वर्षिय महिलाको उपचारका क्रममा मृत्यु भएको छ । मृतक महिला नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ निवासी हुनुहुन्छ ।

दुबै फोक्सोमा निमोनिया भएको महिला भदौ ३ गते शिक्षण अस्पताल नेपालगन्जमा भर्ना हुनुभएको थियो । नेपालगञ्जमा स्वास्थ्य अवस्था बिग्रदै गएपछि भदौ ६ गते राती १० बजे कोहलपुर रिफर गरिएको फोकल पर्शन नरेश श्रेष्ठले जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।

महिलाको भदौ ५ गते स्वाब जाँच गराउदा कोरोना पोजेटिभ पुष्टि भएको थियो । उपचारका क्रममा स्वास्थ्य अवस्था बिग्रदै गएर भदौ ११ गते आज बिहान १० बजेर ३० मिनेटमा मृत्यु भएको फोकल पर्शन श्रेष्ठले जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);