सुनकोशी गाउँपालिकामा ६२ घर पहिरोको जोखिममा | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

सुनकोशी गाउँपालिकामा ६२ घर पहिरोको जोखिममा

pahiro

सिन्धुपाल्चोक, ११ भदौ । सुनकोसी गाउँपालिका–६ मा गएको पहिरोले ६२ घर जोखिममा परेका छन् । निरन्तरको पहिरोले सुनकोसीका सुन्दरडाँडा, धुसेनी र पाखरदोभानका घरहरू पहिरोको जोखिममा परेका हुन् ।

पहिरो निरन्तर झरिरहेकाले सुन्दरडाँडा बस्ती जोखिममा परेको वडाअध्यक्ष रामकुमार थापाले जानकारी दिनुभयो । वडाअध्यक्ष थापाका अनुसार सुन्दरडाँडाका २३, धुसेनीका ३२ र पाखरदोभानका ७ घर जोखिममा परेका छन् ।

बस्ती जोखिममा परेपछि स्थानीयबासीलाई सुरक्षित हुन वडा र गाउँपालिका कार्यालयले अनुरोध गरेको छ । अहिले तत्कालका लागि स्थानीयवासीलाई १५ थान त्रिपाल उपलब्ध गराइएको छ । गाउँका सबै घर छाडेर सुरक्षित मैदानमा गएर बसेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);