दाङकी एक कोरोना संक्रमित महिलाको बाँकेमा मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

दाङकी एक कोरोना संक्रमित महिलाको बाँकेमा मृत्यु

death body

दाङ । कोरोना संक्रमणका कारण दाङमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ६ की २० वर्षीया महिला रहेको उपमहानगरका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए । उनको बाँकेको भेरी अस्पतालको आइसोलेसनमा उपचारका क्रममा सोमबार बिहान साढे १० बजेतिर मृत्यु भएको हो ।

उनलाई गत चैत्र ३० गते कोरोना पुष्टि भएको थियो । साथै उनको शवलाई दाङ ल्याउने लागेको फोकल पर्सन केसीले जानकारी दिए । त्यस्तै, आज तुलसीपुरमा १६ जनामा कोरोना पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा २२ जनाको पीसीआर परीक्षण गरिएकोमा तुलसीपुरका विभिन्न वडाका १६ जनामा कोरोना पुष्टि भएको उनले बताए ।

ती मध्ये एक जना भारतबाट आएका व्यक्ति र अरु अधिकांश तुलसीपुरका सरकारी तथा नीजि विद्यालयका शिक्षकहरु रहेको समेत उनले बताए । पछिल्लो समयमा तुलसीपुरमा ६५ जना सक्रिय संक्रमितहरु रहेको र ती मध्ये ७ को अवस्था गम्भीर रहेको उनीहरुको दाङको कोरोना विशेष अस्पताल बेलझुण्डी र बाँकेको भेरी अस्पतालमा उपचार भईरहेको समेत फोकल पर्सन केसीले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);