तुलसीपुरका थप एक कोरोना संक्रमितको पुरुषको बाँकेमा मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

तुलसीपुरका थप एक कोरोना संक्रमितको पुरुषको बाँकेमा मृत्यु

nepali mirtu

दाङ, २० माघ । दाङ तुलसीपुरका थप एक कोरोना संक्रमित पुरुषको बाँकेमा मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ७ का ६६ वर्षीय पुरुषको रहेको उपमहानगरका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए ।

उनको मंलबार विहान १ : १८ बजे बाँकेको भेरी अस्पताल नेपालगंजमा उपचारका क्रममा मृत्यु भएको उनले बताए । ति पुरुषलाई मंसिर २९ गते कोरोना पुष्टि भएको थियो । उनी पुस १३ गते अस्पताल भर्ना भएका थिए । भेरी अस्पतालको आइसोलेशन वार्डमा कोरोना संक्रमण भइ निमोनिया ,उच्चरक्तचाप र मधुमेहका कारण मृत्यु भएको अस्पतालले जनाएको उनले बताए ।

तर, पछिल्लो समय भने उनको कोरोना रिपोर्ट भने नेगेटिभ रहेको अस्पतालले जनाएको फोकल पर्सन केसीले बताए । यो संगै तुलसीपुरमा कोरोना संक्रमितको मृत्यु हुने संख्या २१ पुगेको छ । साथै, उपमहानगरमा हाल सक्रिय संक्रमित संख्या १ जना रहेका छन्,भने उनी भेरी अस्पतालमा रहेको उनले बताए ।

त्यस्तै, हाल सम्म उपमहानगरमा कोरोना संक्रमितको संख्या ८१७ पुगेको छ, भने निको हुनेको संख्या ८१० जना रहेको उनले बताए । उपमहानगरमा हाल कोभिड विरुद्धको खोप ३८१ जनाले लगाएको उनले बताए ।

खोल लगाउनेहरुमा स्वास्थ्यकर्मीहरु, सरसफाइकर्मीहरु तथा सहयोगी र अग्रपङ्क्तिमा खटिने व्यक्तिहरु रहेको फोकल पर्सन केसीले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);