दाङमा थप ३ जना कोरोना संक्रमितको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

दाङमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

दाङ । दाङका थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेको भेरी अस्पताल नेपालगञ्जमा २ जना र तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा १ जनाको मृत्यु भएको उपमहानगरका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिएका छन् ।

केसीका अनुसार मृत्यु हुने तुलसीपुर ६ की ३७ बर्षीया महिला र तुलसीपुर ६ का ३१ बर्षीय पुरुष र तुलसीपुर ५ का २८ बर्षीय पुरुषको मृत्यु भएको हो । त्यस्तै तुलसीपुर ७ की ३७ बर्षीया महिलाको भेरी अस्पतालमै मृत्यु भएको छ ।

तुलसीपुर ५ का एक २८ बर्षीय पुरुषको राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।यो संगै तुलसीपुरमा हाल सम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ । तुलसीपुर उपमहानगरमा आज मात्रै ६३ जना नयाँ संक्रमित थपिएका छन् ।

यो संगै तुलसीपुर सक्रिय संक्रमितको संख्या ४०२ पुगेको छ । केसीका अनुसार हाल सम्म कोरोना संक्रमित १२६९ पुगेको र तिमध्य ८५७ जना निको भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);