दाङका क्रियाशिल राजनीतिक दलद्वारा संक्रमितको उपचार सहज बनाउन माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

दाङका क्रियाशिल राजनीतिक दलद्वारा संक्रमितको उपचार सहज बनाउन माग

दाङ । दाङमा क्रियाशिल राजनीतिक दलहरुले कोरोना संक्रमितको उपचारलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन् । सोमबार घोराहीमा बसेको क्रियाशिल राजजीतिक दलहरुको संयुक्त बैठकले यस्तो अनुरोध गरेको हो ।

कोरोना महामारीको प्रभाव दिनानुदिन बढिरहेको अवस्थामा जनतालाई प्रभावकारी रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन आग्रह गरेका छन् । बैठक पछि ५ राजनीतिक दलले संयुक्तरुपमा जारी गरेको विज्ञप्तीमा जिल्लाका सबै पालिकाहरुमा अक्सिजन सहितका आइसोलेशन बेडहरुको व्यवस्था गर्न अनुरोध गरेका छन् ।

यस्तै पिसिआर परीक्षणको लागि स्वाब संकलन गर्ने सहज व्यबस्था मिलाउन , निशुल्क परीक्षण एवम् उपचारको व्यबस्था मिलाउन विज्ञप्ती मार्फत आग्रह गरिएको छ । जिल्लाका अस्पतालहरुमा कोरोना संक्रमित बढ्दै गएको अवस्थामा अक्सिजनको अभाबले उपचारमा समस्या भएको हुदाँ तत्काल सहज आपुर्ति मिलाउन समेत अनुरोध गरिएको छ ।

त्यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गतवर्ष नै स्थापना गरिएको आइसियू अहिलेसम्म पनि संचालन नहुँदा त्यसलाई तत्काल संचालन गर्नुपर्ने, आइसियु बेड थप गर्नु पर्ने माग गरिएको छ ।

साथै राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पूर्ण रुपमा कोरोना अस्पताल बनाउन नेकपा एमाले दाङका उपसचिव शुरामणि बेलवासे, नेपाली कांग्रेस दाङका सचिब शंकर डाँगी, नेकपा माओवादी केन्द्र दाङका ईन्चार्ज जिवन गौतम र सचिव सुवास पुन, राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आर्चाय र जनता समाजवादी पाटी लुम्बिनी प्रदेश सदस्य प्रकास विष्टद्वारा संयुक्त रुपमा जारी गरिएको विज्ञप्तीमा उल्लेख छ ।

जिल्लामा सोमवार ३९८ जना कोरोना संक्रमित थपिएका छन्, भने ७६ जना निको भएर डिस्चार्ज भएका छन् ।

जिल्लामा दोस्रो चरणको कोरोना लहर शुरु भएसंगै जिल्ला बैशाखयता कोरोना संक्रमितको सख्या ३ हजार ५ ६६ पुगेको छ । यस्तै सक्रिय संक्रमितको संख्या २ हजार २२९ रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

यस्तै सोमवार जिल्लामा कोरोना संक्रमणबाट थप ६ जना मृत्यु भएको छ । यो संगै बैशाखयता मृत्यु हुनेहरुको संख्या ७२ पुगेको छ । त्यस्तै जिल्लामा निको हुनेको संख्या १ हजार ३ सय ३७ पुगेको केन्द्रले जनाएको छ ।

सोमवार कोरोना विशेष अस्पताल बेलझुण्डी थप १४ जना कोरोना संक्रमित निको भइ डिस्चार्ज भएका छन् । निको हुनेमा तुलसीपुर उपमहानगरपालिकाका ९ जना, यस्तै घोराही उपमहानगरका २ जना, शान्तिनगर गाउँपालिकाका २ जना र सल्यान छत्रेश्वरीका १ जना गरी १४ जना रहेको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए ।

अहिले अस्पतालमा ६७ जना उपचाररत रहेको अस्पतालले जनाएको छ । अस्पतालमा हाल सम्म ३१ जना संक्रमितको मृत्यु भएको छ, भने १७ जनालाई जिल्ला बाहिर रिफर गरिएको अस्पतालले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);