सुनसरीमा स्वास्थ्य बीमा कार्यक्रमको प्रक्रिया झन्झटिलो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सुनसरीमा स्वास्थ्य बीमा कार्यक्रमको प्रक्रिया झन्झटिलो

अजितकुमार झा
सुनसरी, ४ चैत । सुनसरीमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी भएपनि सेवा प्रक्रिया झन्झटिलो भएको छ । कर्मचारीको अभाव र कागजपत्र मिलाउन समय लाग्ने भएकाले स्वास्थ्य बीमाबाट उपचार गराउन सेवाग्राहीलाई झन्झटिलो भएको हो ।

उपचारमा आर्थिक भार नपर्ने भन्दै सुनसरीका स्थानीय स्वास्थ्य बीमातर्फ आकर्षित भएका छन् । तर बीमा कार्यक्रमबाट उपचार गराउन झन्झटिलो भएको सेवाग्राहीको गुनासो छ । कर्मचारीको अभाव र कागजपत्र मिलाउन समय लाग्ने भएकाले स्वास्थ्य बीमाबाट उपचार गराउन झन्झटिलो भएको हो ।

स्वास्थ्य बीमा गरेमा ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशन लगायतका उपचार गर्न सकिने छ । तर सरकारी सहयोग नपाउँदा स्वास्थ्य बीमा कार्यक्रम व्यवस्थापनमा समस्या भएको अस्पतालको भनाई छ ।

वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य बिमा गरेका झण्डै ५ हजार सेवाग्राहीले सेवा लिने गरेका छन् । प्रतिस्ठानबाट मात्र सेवा लिनुपर्ने भएकाले सेवाग्राहीको भिड लाग्ने गरेको छ । आवश्यक जनशक्ति र उपचार प्रक्रिया सहज बनाउन सेवाग्राहीले माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);