स्थानीय तहमा सर्वसाधरणहरु स्वास्थ्य सेवाबाट बन्चित | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

स्थानीय तहमा सर्वसाधरणहरु स्वास्थ्य सेवाबाट बन्चित

सुशील भण्डारी
अछाम, ४ चैत । सरकारले बिरामीलाई आफ्नै क्षेत्रमा सबैखाले स्वास्थ्य सेवा उपलब्ध गराउने बताएपनि कतिपय स्थानीय तहमा सर्वसाधरणले स्वास्थ्य सेवा पाएका छैनन् । आर्थिक वर्ष सुरु भएको ८ महिना बितिसक्दा पनि केही स्थानीय तहका जिल्ला अस्पतालमा आवश्यक जनशक्ति, औषधि र उपकरणको अभाव कायमै छ ।

अछामको जिल्ला अस्पताल, प्राथमिक उपचार केन्द्र र स्वास्थ्य चौकीले निःशुल्क वितरण गर्नुपर्ने ७२, ४५ र ३२ प्रकारका औषधिबारे स्थानीयले सुनेका मात्र छन् । उपभोग वा सेवा लिन पाएका छैनन् । जिल्लाका कतिपय स्वास्थ्य संस्थामा सिटामोल र जीवनजलसम्म नपाइने असल शासनका उपाध्यक्ष विष्णुबहादुर खड्काले बताए ।

विगतमा जस्तो सिटामोल नपाएर ज्यान गुमाउनुपर्ने अवस्था नभएपनि सरकारले दिएका सबै सुविधाहरु पाउन नसकेको स्थानीय बताउँछन् । मंगलसेन नगरपालिकाका स्वास्थ्य संयोजक चन्द्र ढुंगानाका अनुसार सरकारको ४ लाख ६० हजार र नगरपालीकाको २५ लाख गरी औषधी खरीदका लागि बिनियोजन गरिएको थियो ।

स्वास्थ्य सेवा प्रभावकारी नभएको गुनासो जनस्तरबाट उठिरहेका बेला स्थानीय तहहरुले भने विगतभन्दा स्वास्थ्य सेवा निकै प्रभावकारी बनेको दाबी गरेका छन् । पञ्चदेवल नगरपालिकाका उपप्रमुख अम्बिका चलाउने जनप्रतिनिधि आइसकेपछि स्वास्थ्य सेवा निकै प्रभावकारी बनेको दाबी गर्छन ।

स्थानीय तहले सर्वसाधरणलाई स्वास्थ्य सेवामा कुनै कमी हुन नदिएको दाबी गरिरहँदा जनस्तरमा गुनासो पनि उत्तिकै व्याप्त छ । यसप्रति सम्बन्धित निकायले कानमा तेल हालेर बस्न हुँदैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);