डडेल्धुरामा सिटामोल सहित अत्यावश्यक औषधीको अभाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

डडेल्धुरामा सिटामोल सहित अत्यावश्यक औषधीको अभाव

medicine

विमल जैरी
डडेल्धुरा, ५ पुस । सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा औषधीको अभाव भएको छ । धनगढी लगायतका ठाउँबाट औषधी नल्याउँदा जिल्ला स्वास्थ्य कार्यालयको स्टोरमा औषधीको अभाव भएको हो ।

मानिसका लागि अत्यावश्यक औषधी डडेल्धुरा स्थित जिल्ला स्वास्थ्य कार्यालयमा अभाव भएको छ । धनगढी लगायतका ठाउँबाट ढुवानी हुन नसक्दा जिल्लामा औषधी अभाव भएको हो ।

डडेल्धुरा जिल्ला अस्पतालमा अहिले सिटामोल सहित अत्यावश्यक सवै औषधीको अभाव छ । जिल्लाकै स्टोरमै औषधी नभएपछि स्थानीय तहमा समेत सर्वसाधरणले सहज ढंगले औषधी पाएका छैनन् ।

यता, जिल्ला स्वास्थ्य कार्यालयले पनि औषधी अभाव भएको स्वीकार गरेको छ । ढुवानीको लागि आर्थिक अभावका साथै सम्वन्धीत निकायका बीचमा समन्वयको अभावले औषधी ढुवानी हुन नसेकेको जिल्ला स्वास्थ्य कार्यालय, डडेल्धुराका वरिष्ठ स्वास्थ्य अधिकृत टंक प्रसाद चापागाईले बताए । जिल्लामा यस अघि पनि औषधीको अभाव हुने गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);