मानव शरिरलाई फुल बडि चेक-अप किन गरिरहनु पर्दछ? यसो गर्दा ल्याप रिपोर्ट गलत आउन सक्छ (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत २५ २०८०, आइतबार

मानव शरिरलाई फुल बडि चेक-अप किन गरिरहनु पर्दछ? यसो गर्दा ल्याप रिपोर्ट गलत आउन सक्छ (भिडियोसहित)

lyaap

काठमाडौं, ६ पुस । बिरामीहरुको बिभिन्न परिक्षण गरि रोग पत्ता लगाउने प्रयोगशालाहरुलाई ल्याप भनिन्छ । बिरामीको रगत, दिसा, पिसाब, खकार र शरिरका अन्य भागहरुबाट विभिन्न चिज निकालेर प्रयोगशालामा परिक्षण गरिन्छ । यसरी परिक्षण गरि आउने रिपोर्टका आधारमा चिकित्सकहरुले उपचार तथा औषधिका बिषयमा आवश्यक निर्णय लिने गर्दछन् । ल्यापलाई व्यवस्थित बनाउन सरकारले नयाँ नियम ल्याएको छ । स्वास्थ मन्त्रालयले देशभरमा रहेका भविष्यमा स्थापना हुने व्यवस्थित, मर्यादित र गुणस्तरिय बनाउँदा नयाँ निर्देशिका ल्याएको हो ।

हामी मानिसहरु रोग लागि सकेपछि विभिन्न अस्पताल र ल्यापमा जाने तथा धाउने गर्दछौँ । एउटा रोगको निचोडमा पुग्नका लागि ल्यापमा गएर परिक्षण गर्न एकदमै महत्वपुर्ण हुने गर्दछ । तर, हामीले कहिले पनि सोचेका हुदैनौ त्यो ल्यापले रिपोर्टहरु कत्तिको गुणस्तरयुक्त छ त भनेर । हामी स्वयम् बिरामीले पनि एउटा ल्यापमा गएर के-कस्ता नियमहरुलाई पालना गर्नु पर्छ ? र, मानव शरिरलाई फुल बडि किन चेक-अप गरिरहनु पर्दछ त ? ईत्यादि बारे थप जानकारीका लागि हाम्रा माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता बिनिता के.सि.ले प्याथोलोजिस्ट डाक्टर केयुर गौतम संग गरेकाे भिडियाे हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);