स्वास्थ्य परिक्षण नगरिएका खसी-बोका नेपाल भित्रिन राेक लगाइने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

स्वास्थ्य परिक्षण नगरिएका खसी-बोका नेपाल भित्रिन राेक लगाइने

khasi boka

काठमाडौं, ४ भदौ । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले स्वस्थ परिक्षण नगरिएका खसीबोका नेपाल भित्रिन नदिने बताउनु भएको छ । बुधबार काठमाडाैंमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री खनालले बाहिरको रोग खसी बोकाको माध्यमबाट नेपालमा भित्रिन नदिने बताउनु भएको हो । नेपाल बिश्व ब्यापार संगठनको सदस्य राष्ट्र भएकोले खसीबोकाको आयात रोक्न नसके पनि उत्पतिको प्रमाण र निरोगिताको प्रमाण नभई नेपाल भित्रन नदिने बताउनु भयो।

मन्त्री खनालले संसार भरिका रोग हुल्ने गरि नेपालमा स्वस्थ परिक्षण नगरी खसीबोका ल्याउन नदिने बताउनु भयो । कार्यक्रममा मन्त्रि खनालले निरोगिताको प्रमाणपत्रका आधारमा आयात गर्न आग्रह गर्दा केही व्यावसायिले घेराबन्दी गर्न खोजेको बताउनु भयो । ब्यबसायीहरुले अनौपचारिक रुपमा दशैमा त देख्लास भनेर धम्कि दिएको बताउनु भयो ।

मन्त्रि खनालले हाम्रो उत्पादन प्रयाप्त भए आयात गर्न नपर्ने भन्दै उत्पादनमा जोड दिएर र स्वस्थकर खान सकिने बताउनु भयो ।

कार्यक्रममा हेफर नेपालले बिराटनगर, बुटवल, पोखरा, भरतपुर र कोहलपुरमा ५ वटा आधुनिक बधशाला निर्माण गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ । त्यसका लागि भौतिक संरचना निर्माणका लागि स्थानीय र प्रदेश सरकारबाट ३२ करोड र खसी बाख्रा उत्पादक महिला किसान र मासु व्यवशायीको तर्फबाट २२ करोड भन्दा बढीको सेयर लगानीको प्रतिबद्धता आएको हेपÞmरले जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);