आर्थिक वर्षको पहिलो महिनाबाटै बजेट रकमान्तर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

आर्थिक वर्षको पहिलो महिनाबाटै बजेट रकमान्तर

काठमाडौं, ४ भदौ । सरकारले आर्थिक वर्ष सुरु भएको पहिलो महिनाबाटै बजेट रकमान्तर गर्न थालेको छ । अर्थ मन्त्रालयका अनुसार साउन महिनामा दुईवटा कार्यक्रमका लागि ५७ लाख ६५ हजार १ सय ८७ रुपैयाँ बजेट रकमान्तर गरिएको हो ।

त्यसमध्ये १० लाख रुपैयाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा गएको छ । कार्यालयको भैपरी आउने खर्चबाट साधारण प्रशासनमा रकमान्तर गरी १० लाख रुपैयाँ खर्च गरिएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

यो रकम प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार वितरण गर्ने प्रयोजनका लागि रकमान्तर गरिएको हो । त्यसैगरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले साउन महिनामा ४७ लाख ६५ हजार रुपैयाँ रकमान्तर निकासा गरेको छ ।

सरकारले ६ असारमा गठन गरेको सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोगका लागि सो रकम रकमान्तर गरिएको हो । एक महिनाको अवधिमा सरकारले विभिन्न व्यक्तिलाई १६ लाख २१ हजार रुपैयाँ नगद बाँडेको छ ।

अर्थ मन्त्रालयका अनुसार भुटानी मानव अधिकारवादी नेता टेकनाथ रिजालसहित १२ जनालाई ३ लाख ६६ हजार ६ सय १२ रुपैयाँ आर्थिक सहायता उपलब्ध गराइएको छ ।

कंचनपुर घटनाका घाइते अर्जुन भण्डाराको नियमित कुरुवा समेतको व्यवस्थापन खर्चवापत मासिक २५ हजार राहत रकम उपलब्ध गराउन गृह मन्त्रालयका नाममा ४ लाख २० हजार ५ सय ३० रुपैयाँ निकासा दिइएको छ ।

डोटीमा खोप लगाएपछि मृत्यु भएका ४ जना बालबालिकाको अभिभावकलाई जनही १० लाख उपलब्ध गराउने प्रयोजनका लागि पहिलो चरणमा २ लाख ६० हजार ७ सय ६२ रुपैयाँ निकासा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नाममा दिइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);