आर्थिक वर्षको पाँच महिनामा साढे १४ अर्ब रकमान्तर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आर्थिक वर्षको पाँच महिनामा साढे १४ अर्ब रकमान्तर

new note

काठमाडौं । पुँजीगत खर्च बढाउन नसकेको सरकारले चालू आर्थिक वर्ष २०७८/०७९ को पाँच महिनामा साढे १४ अर्ब रुपैयाँ रकमान्तर गरेको छ । विभिन्न मन्त्रालयबाट आर्थिक सहायता, भैपरी आउने साधारण खर्चका लागि अर्थ मन्त्रालयले रकमान्तर गरेको हो । 

मन्त्रालयले साउनमा ६ अर्ब ३६ करोड, भदौमा दुई करोड १६ लाख, असोजमा ३८ करोड ५५ लाख, कात्तिकमा १५ करोड ७९ लाख र मंसिरमा सात अर्ब ४९ करोड रुपैयाँ रकमान्तर गरेको पाइएको छ । 

रकमान्तरमध्ये खोप खरिद तथा ढुवानीमा खर्च भएको छ । यसैगरी पुनर्निर्माण प्राधिकरण कर्मचारीको पारिश्रमिक, राष्ट्रिय जनगणना २०७८ को गणकलाई भुक्तानी दिन प्रयोग भएको छ ।यसैगरी भिआईपीदेखि सर्वसाधारणसम्मलाई दिएको उपचार खर्च र आर्थिक सहायताका लागि समेत रकमान्तर गरिएको छ । 

साउनमा  पूर्वप्रधानमन्त्री झलनाथ खनालको एपोलो अस्पतालमा उपचार खर्च भुक्तानी गर्न ४८ लाख ५० हजार रकमान्तर गरिएको छ । यस्तै रघुजी पन्तलगायतलाई आर्थिक सहायताका लागि भदौमा २७ लाख रकमान्तर भएको छ । 

यसैगरी कात्तिक महिनामा पूर्वउपराष्ट्रपति डा. रामवरण यादवलाई आर्थिक सहयोग गर्न १० लाख र मंसिरमा पूर्वमन्त्री प्रदीप नेपालसहित तीनजनालाई आर्थिक सहायता उपलब्ध गराउन ३२ लाख गृह मन्त्रालयका नाममा रकमान्तर गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);