बुधबार शेयरबजार परिसूचक नेप्सेमा सामान्य सुधार | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बुधबार शेयरबजार परिसूचक नेप्सेमा सामान्य सुधार

काठमाडौं, ४ भदौ । बुधबार शेयरबजार परिसूचक नेप्सेमा सामान्य सुधार भएको छ । नेप्से शून्य दशमलब चार दुई अंकले बढेर परिसूचक एक हजार दुई सय १४ दशमलब शून्य पाँच अंकमा पुगेको छ ।

१ सय ६१ कम्पनीका १२ लाख ७० हजार १ सय १८ कित्ताशेयर ६ हजार २ सय ४९ पटकको कारोबारबाट २९ करोड २६ लाख ४१ हजार ७ सय १८ रुपैयाँमा खरिद बिक्री भएको छ ।

यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स शून्य दशमलब दुई दुई अंकले बढेर २ सय ६३ दशमलब चार एक अंकमा पुगेर बन्द भएको छ । बुधबार व्यापार, विकास बैंक, वित्त र अन्य समूहबाहेक कारोबार भएका सबै समूहको सूचक ओरालो लागेका छन ।

सबैभन्दा बढी सोल्टी होटलको ४ करोड २० लाख बढीको शेयर कारोबार भएको छ । बुधबार विशाल बजार कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी पाँच दशमलब सात तीन प्रतिशतले कमाएका छन भने गणपति लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी पाँच दशमलब चार/चार प्रतिशतले गुमाएका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);