शेयरबजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

शेयरबजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं, ११ भदौ । बुधबार शेयरबजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से १० दशमलब २६ अंकले घटेर परिसूचक एक हजार एक सय ९७ दशमलब सात पाँच अंकमा पुगेको छ । १ सय ६८ कम्पनीका १३ लाख २१ हजार ४ सय ८६ कित्ताशेयर ५ हजार ४ सय ९० पटकको कारोबारबाट ३७ करोड २४ लाख १७ हजार ६ सय ३७ रुपैयाँमा खरिद बिक्री भएको छ ।

यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १ दशमलब ९९ अंकले घटेर २ सय ६१ दशमलब चार शून्य अंकमा बन्द भएको छ । बुधबार कारोबार भएका सबै समूहको परिसूचक ओरालो लागेको छ ।

ग्रामीण लघुवित्त विकास केन्द्रका संस्थापकको सबैभन्दा बढी १० करोड ५४ लाख ६६ हजार २ सय ३७ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । सबैको लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी ९ दशमलब ८६ प्रतिशतले कमाएका छन भने दिव्येश्वरी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी ४ दशमलब ९१ प्रतिशतले गुमाएका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);