शेयर कारोबार साताको अन्तिम दिन नेप्से दोहोरो अंकले घट्दा कारोबार भने ८ अर्ब बढी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

शेयर कारोबार साताको अन्तिम दिन नेप्से दोहोरो अंकले घट्दा कारोबार भने ८ अर्ब बढी

stock_exchange_nepse-e1528283604277

काठमाडौं, १८ मंसिर । शेयर कारोबार साताको अन्तिम दिन बिहीबार शेयरबजार नेप्से दोहोरो अंकले घट्दा कारोबार भने ८ अर्ब बढीको भएको छ । नेप्से १५ दशमलव पाँच सात अंकले घटेर परिसूचक दुई हजार ५५ दशमलब चार पाँच अंकमा पुगेको छ ।

२ सय कम्पनीका १ करोड ५८ लाख ८९ हजार ५ सय ६० कित्ताशेयर ६४ हजार ४ सय २६ पटकको कारोबारबाट ८ अर्ब २ करोड ६० लाख २३ हजार ७ सय ९८ रुपैयाँको कारोबार भएको छ । यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने तीन दशमलब सात छ अंकले घटेर तीन सय ९२ दशमलब दुई नौ अंकमा पुगेर बन्द भएको छ ।

जलविद्युत र लघुवित्तबाहेक सबै समूहको परिसूचक ओरालो लाग्यो । जलविद्युत समूह १० दशमलब तीन ६ र लघुवित्त समूह ३० दशमलब शून्य आठ अंकले उकालो लाग्यो । व्यापार समूहको परिसूचक भने सबैभन्दा बढी ६ दशमलव ९४ प्रतिशतले ओरालो लागेको छ ।

बिहीबार एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापकले सबैभन्दा बढी कमाएका छन । नेपाल पुनर्बीमा कम्पनीको मात्रै एक अर्ब ११ करोड रुपैयाँको शेयर कारोबार भएको छ । बिहीबार साल्ट ट्रेडिङ र विशाल बजार कम्पनीका लगानीकर्ताले ६ प्रतिशत बढीले गुमाउँदा माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी र नेपाल सेवा लघुवित्त कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढीले कमाएका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);