मंगलबार शेयरबजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

मंगलबार शेयरबजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि

काठमाडाैं,९ मंसिर। मंगलबार शेयरबजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । नेप्से २९ दशमलब छ आठ अंकले बढेर परिसूचक १८ सय १० दशमलब एक एक अंकमा पुगेको छ ।

१ सय ९६ कम्पनीका १ करोड १७ लाख ४८ हजार ५ सय २० कित्ताशेयर ४९ हजार ७ सय ८३ पटकको कारोबारबाट ५ अर्ब ४४ करोड २९ लाख ५० हजार १ सय ८९ रुपैयाँमा खरिद बिक्री भएको छ । कारोबार सोमबारको तुलनामा ६८ करोड २ लाखले बढी हो ।

सोमबार ४ अर्ब ७६ करोड बढीको कारोबार भएको थियो । यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्समा भने ४ दशमलब चार दुई अंकले बढेर तीन सय ४९ दशमलब तीन सात विन्दुमा पुगेर बन्द भएको छ ।

मंगलबार होटल्स् समूहबाहेक कारोबार भएका सबैको सूचक उकालो लागेका छन । होटल्स् समूहको परिसूचक भने ३४ दशमलब नौ दुई अंकले ओरालो लागेको हो । सबैभन्दा बढी निर्जीवन बीमा समूहको सूचक ३ सय २७ दशमलब पाँच एक अंकले उकालो लागेको छ । मंगलबार एनआईसी एशिया बैंकको सबैभन्दा बढीको शेयर कारोबार भयो ।

बोटलर्स नेपालका लगानीकर्ताले सबैभन्दा बढी कमाउँदा सोल्टी होटल लिमिटेडका लगानीकर्ताले भने बढीले गुमाएका छन ।।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);