Our Network

जेठ १ २०७८, शनिबार

नेप्सेमा ४ दशमलब २९ अंकको वृद्धि

काठमाडौं, ११ असोज । साताको पहिलो दिन आइतबार शेयरबजार परिसूचक नेप्सेमा ४.२९ अंकको वृद्धि भएको छ । १ सय ९१ कम्पनीका १ करोड ९९ लाख ७२ हजार ३ सय ११ कित्ताशेयर ४२ हजार एक सय ८ पटकको कारोबारबाट ३ अर्ब १३ करोड ८२ लाख ४३ हजार ३ सय ६१ रुपैयाँमा खरिद बिक्री भएको छ ।

कारोबार रकम बिहीबारको तुलनामा ९० करोड ४८ लाख बढी हो । यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स शून्य दशमलब नौ शून्य अंकले बढेर तीन सय १० दशमलब चार सात अंकमा पुगेको छ । आइतबार होटल समूहको शेयरप्रति लगानीकर्ताको आकर्षण उच्च देखिएको छ ।

कारोबारमा आएका १२ वटा समुहमध्ये होटल समुहको परिसूचक सर्वाधिक २ दशमलव ९८ प्रतिशतले बढेको छ । होटलसँगै वित्त समुहको परिसूचक पनि १ दशमलव ५४ अंकले बढेको छ । त्यस्तै बैंकिङको १ दशमलव १ प्रतिशत, विकास बैंकको शून्य दशमलव ७१ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव २६ प्रतिशत परिसूचक बढेको छ । आइतबारको बजारमा सर्वाधिक परिसूचक उत्पादन तथा प्रशोधन समूहको १ दशमलव ४७ प्रतिशतले घटेको छ ।

त्यस्तै जलविद्युतको १ दशमलव शून्य १ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ९१ प्रतिशत, व्यापारिकको शून्य दशमलव १८ प्रतिशत, अन्यको शून्य दशमलव १५ प्रतिशत, लघुवित्तको शून्य दशमलव २६ प्रतिशत र जीवन बीमाको शून्य दशमलव ८६ प्रतिशत परिसूचक घटेको हो । सर्वाधिक रकमको कारोबार गर्ने कम्पनी सोल्टी होटल लिमिटेड रहेको छ । सोल्टी होटलको आइतबार ४८ करोड ५६ लाख ५१ हजार बराबरको शेयर कारोबार भएको छ ।

सर्वाधिक रकमको कारोबार गरेको उक्त कम्पनीको शेयरमूल्य पनि यस दिन प्रतिकित्ता ७ ले बढेर अन्तिम मूल्य १९० कायम भएको छ । १० ओटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ ।

बेष्ट फाइनान्सको ९ दशमलव ९२ प्रतिशत, माउण्टेन हाइड्रो नेपालको ९ दशमलव ६८ प्रतिशत, नेपाल फाइनान्सको ९ दशमलव ५५ प्रतिशत,रैराङ हाइड्रोको ९ दशमलव ५२ प्रतिशत, घलेम्दी हाइड्रोको ९ दशमलव ४७ प्रतिशत, बरुण हाइड्रोको ९ दशमलव ४० प्रतिशत, आँखुखोला जलविद्युुतको ९ दशमलव ३८ प्रतिशत, कर्णाली डेभलपमेण्ट बैंकको ९ दशमलव शून्य ९ प्रतिशत र गोर्खाज फाइनान्सको शेयरमूल्य ९ दशमलव शून्य २ प्रतिशत बढेको हो ।

आइतबार युनिलिभर नेपाल लिमिटेडको शेयरमूल्य भने सर्वाधिक ७ दशमलव ११ प्रतिशतले घटेको छ ।।

Leave a Reply

ताजा समाचार