'वस्तुको प्रत्यक्ष बिक्री सम्बन्धी व्यापार गर्ने कम्पनीमाथि निगरानी बढाउ' | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

‘वस्तुको प्रत्यक्ष बिक्री सम्बन्धी व्यापार गर्ने कम्पनीमाथि निगरानी बढाउ’

kuwait kamdar-udhyog samiti

काठमाडौं, ११ असोज । सांसदहरुले वस्तुको प्रत्यक्ष बिक्री सम्बन्धी व्यवसाय गर्ने कम्पनीहरुमाथि निगरानी बढाउन सम्बन्धित निकायलाई निर्देशन दिनुपर्ने बताएका छन् ।

संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आइतबारको बैठकमा उपस्थित सांसदहरुले वस्तुको प्रत्यक्ष बिक्री सम्बन्धी व्यापार गर्ने कम्पनीहरुमाथि निगरानी बढाउनुपर्ने बताएका हुन् । उनीहरुले वस्तुको प्रत्यक्ष बिक्री गर्न इजाजत लिने तर पिरामिड शैलिबाट नेटवर्किङ व्यवसाय गरेको गुनासो आउने गरेकाले त्यस्ता कम्पनीमाथि निगरानी गरी कारबाही गर्ने व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालय तथा विभागलाई निर्देशन दिनुपर्ने बताएका हुन ।

समितिद्धारा वस्तुको प्रत्यक्ष बिक्री सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिले तयार पारेको प्रतिवेदन माथि छलफल गर्दै सांसदहरुले अध्ययन प्रतिवेदनले दिएका विषयहरुलाई पूर्णरुपमा पालना गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिनुपर्ने बताए ।

पछिल्लो समय वस्तुको प्रत्यक्ष बिक्री सम्बन्धी ऐन आइसकेपछि केही कम्पनीहरुले नेटवर्किङ सरह व्यापार गरेको भन्दै समितिमा उजुरी परेको थियो । त्यसपछि समितिले ‘वस्तुको प्रत्यक्ष विक्री सम्बन्धी उपसमिति’ गठन गरी अध्ययन गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);