नेटवर्किङ व्यवसायका विषयमा अध्ययन गर्न उपसमिति गठन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

नेटवर्किङ व्यवसायका विषयमा अध्ययन गर्न उपसमिति गठन

काठमाडौं, १५ साउन । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नेटवर्किङ व्यवसायका विषयमा अध्ययन गर्न उपसमिति गठन गरेको छ । समितिले बिहीबार सांसद सोम प्रसाद पाण्डे संयोजक रहने गरी समितिले नेटवर्किङ व्यवसाय र प्रत्यक्ष वस्तु विक्रिका विषयमा अध्ययन गर्न ५ सदस्यीय उपसमिति गठन गरेको हो ।

समितिमा कृष्णकुमार श्रेष्ठ, अमृता अग्रहरी, प्रकाश रसाइली र सरिता कुमारी गिरी सदस्य रहनु भएको छ । समिति सभापति विमलप्रसाद श्रीवस्तवले उपसमितिले १५ दिनभित्र सम्बन्धि निकाय, विभाग, मन्त्रालय र सम्बन्धित व्यक्तिहरुसँग छलफल गरी आफ्नो राय पेश गर्ने बताउनुभयो ।

समितिको छलफलमा सांसदहरुले वस्तुको प्रत्यक्ष बिक्री व्यवस्थापन तथा नियमन गर्ने ऐन २०७४ अनुसार अनुमति पाएका कम्पनीहरुले नेटवर्किङ व्यवसायकै रुपमा अगाडी बढेको भन्दै आपत्ति जनाएका थिए । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले अहिले दर्ता भएका कम्पनीले नेटवर्किङ व्यवसाय गरेको पाइएमा कुनै पनि हालतमा छुट नदिने स्पष्ट गर्नुभयो ।

सरकारले ल्याएको ऐन अनुसार अहिले ७ वटा कम्पनीले अनुमति प्राप्त गरेका छन् । ती कम्पनीहरुबाट उपभोक्ता नठगिने र गुणस्तरिय वस्तुको विक्रि वितरण हुने मन्त्री भट्टले बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);