स्पञ्ज आइरन र बिलेट्सको अध्ययन गर्न उपसमिति गठन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

स्पञ्ज आइरन र बिलेट्सको अध्ययन गर्न उपसमिति गठन

काठमाडौं,३० फागुन । संसदीय समितिले स्पञ्ज आइरन र बिलेट्सको भन्सार महशुल एवं अन्तःशुल्कका विषयमा अध्ययन र उद्योगको अवलोकन गर्न उपसमिति गठन गरेको छ ।

मंगलवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले ७ सदस्यीय उपसमिति गठन गरेको हो । उपसमितिको सदस्यहरुमा कृष्णकुमार श्रेष्ठ, गणेश पराजुली, गीता बस्नेत, दुर्लभ थापा, रेखा यादव, लक्ष्मी बहादुर कोइरी, सूर्यमान तामाङ रहनुभएको छ ।

समितिले नेपालमा सुर्ती, खैनी तथा गुट्खा उत्पादनको अवस्था र वार्षिक रुपमा हुने आयातको विवरण उपलब्ध गराउन पनि सरकारलाई निर्देशन दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);