सेञ्चुरी बैंकका १० कर्मचारीलाई अझै हिरासतमै राखिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सेञ्चुरी बैंकका १० कर्मचारीलाई अझै हिरासतमै राखिने

काठमाडौं,३० फागुन । पक्राउ परेका तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका १० कर्मचारीलाई थप पाँच दिन हिरासतमै राखिने भएको छ ।

उच्च अदालत पाटनले मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई थप ५ दिन थुनामै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । निजी क्षेत्रबाट उनीहरुलाई छाड्न सरकारमाथि दबाब आइरहे पनि सीआईबीले तेस्रो पटक म्याद थप गराएको हो । धितोको अधिक मूल्यांकनमा सहकारीमा कर्जा प्रवाह गरेको खुलेपछि तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका सीईओसहित १० कर्मचारी पक्राउ परेका छन् । त्यसयता निजी क्षेत्रले पक्राउको विरोध गर्दै आएको छ।

पहिला कुरा सुन्नुपर्ने र त्यसपछि मात्रै थुन्नुपर्ने माग निजी क्षेत्रको छ। उद्योगी व्यवसायीका छाता संगठनहरू, बैंकर्सको छाता संस्था लगायतले निजी क्षेत्र तथा बैंकरहरूको पक्राउको विरोध गरिरहेका छन् ।

सीआईबीले तत्कालीन सेञ्चुरी बैंकका सीईओ तुलसीराम गौतम, अर्को सीईओ मनोज न्यौपाने, कर्मचारीहरू सविन घिमिरे, सुवास श्रेष्ठ, अनुपमा श्रेष्ठ, सुनिल बस्नेत, दिलिप बराल, दिपेश प्रधान, राजेश भण्डारी र रमन श्रेष्ठलाई पक्राउ गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);