अनिल शाहले मेगा बैंक छाडे, सेन्चुरी बैंकको सिइओ बने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अनिल शाहले मेगा बैंक छाडे, सेन्चुरी बैंकको सिइओ बने

काठमाडौं, १७ कात्तिक । मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले अब सेञ्चुरी कमर्सियल बैंक सम्हाल्ने भएका छन् । सेञ्चुरी बैंकको सञ्चालक समितिको बिहीबार बसेको बैठकले शाहलाई  यस बैंकको सिइओमा नियुक्त गरेको छ ।

सेञ्चुरी बैंकका तत्कालिन कार्यकारी प्रमुख अनुजमणी शर्माले राजीनामा दिएपछि यस बैंकमा रिक्त रहेको सीइओ पदमा शाह नियुक्त भएका छन् ।

शाह मेगा बैंकका संस्थापक सीइओ हुन् । शाहले मेगा बैंकमा दुई कार्यकाल पुरा गरेका छन् । उनले नबिल बैंकबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका थिए । शाह स्टान्डर्ड चार्टड बैंकमा पनि काम गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);