निर्माण व्यवसायीको आन्दोलन मंसिर ३० गतेसम्म स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

निर्माण व्यवसायीको आन्दोलन मंसिर ३० गतेसम्म स्थगित

काठमाडौं, १७ कात्तिक । आन्दोलनरत नेपाल निर्माण व्यवसायी महासंघले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गर्दै आगामी मंसिर ३० गतेसम्म आन्दोलनको सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ ।

महासंघका कार्यबहाक अध्यक्ष विष्णुभाई श्रेष्ठले निर्वाचनलाई मध्यनजर गर्दै अध्यक्ष सरदकुमार गौचनको हत्यारा पत्ता लगाई कार्वाही गर्न माग गर्दै जारी आन्दोलन आगामी मंसिर ३० गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिए ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले निर्वाचन सम्पन्न भएपछि पुनः आन्दोलन जारी राख्ने बताए । महासंघले अध्यक्ष गौचनको हत्यारा पत्ता लगाई कार्वाही नगरे सरकार विरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए ।

महासंघले अध्यक्ष गौचनको हत्यारा पत्ता लगाउन सरकार र राजनीतिक दलहरुको पुनः ध्यानाकर्षण गराएका छन् । महासंघका कार्यबहाक अध्यक्ष श्रेष्ठले अध्यक्ष गौचनको हत्यारा पत्ता लगाई कार्वाही गर्न दवाव दिने उद्देश्यले प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख दल शीर्ष नेताहरुलाई ज्ञापन पत्र बुझाउने तयारी गरिएको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);