भोलीसम्म गौचनका हत्यारा पहिचान गर्न व्यवसायीको अल्टिमेटम | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौँ, २५ असोज । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यारा पहिचान नभएको भन्दै निर्माण व्यवसायीले दबावस्वरुप थप आन्दालनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

आज राजधानी स्थित महासंघको कार्यालयमा पत्रकार सम्मेलन गरेर निर्माण व्यवसायी महासंघले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

जस अनुसार असोज २६ गते उपत्यकाको माइतीघर मण्डला, कोटेश्वर र कुपण्डोलमा विहान ९ बजेदेखि १० बजेसम्म जक्काजाम गर्ने, २७ गते देशभरका मुख्य सडकमा बिहान १० बजेदेखि एक घण्टा चक्काजाम गर्ने महासंघले जनाएको छ।

साथै हत्यारा पत्ता नलागेसम्म देशभरका निर्माण व्यवसायीहरु कुनै पनि वोलपत्रमा सहभागी नहुने भएका छन् ।

दिनदहाडै राजधानीको व्यस्त सडकमा आफ्ना अध्यक्षमाथि गोली प्रहार गरि हत्या भएपछि निर्माण व्यवसायीहरुले मंगलवारदेखि नै राष्ट्रिय गौरवका आयोजनाहरु गल्छी सडक, रानी जमरा, सिक्टा विराटनगर रानी सडक मध्यपहाडी लोकमार्ग जस्ता ठूला आयोजनाको निर्माण कार्य ठप्प पारिसकेका छन् ।

महासंघले घोषित आन्दोलन अगावै हत्यारा सार्वजनिक नगरे राजधानी तथा नेपाल बन्दसम्मका कार्यक्रम पनि अघि बढाउने चेतावनी दिएका छन् ।

 

Uncategorized‐मा वर्गिकृत
(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);