के हुदैँ छ गौचनका हत्यारा समाउने प्रोसेस ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

विक्रम श्रेष्ठ, काठमाडौँ, २४ असोज । प्रहरीले नेपाल निर्माण व्यावसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्नहरु अझै फेला पार्न सकेको छैन । प्रहरीले अनुसन्धान गरिरहेका बेला निर्माण व्यवसायीहरुले भने आन्दोलनको घोषणा गरिसकेको छन् । यस्तो परिस्थितिमा प्रहरीले चाँडोभन्दा चाँडो हत्यारासम्म पुग्न के गरिरहेको छ त ?

नेपाल निर्माण व्यावसायी महासंघले आफ्ना अध्यक्षको हत्याको विरोधमा बुधबार, विहिबार र शुक्रबार विकास निर्माणका काम ठप्प पार्ने घोषणा गरिसकेको छ ।

अझ निर्माण व्यवसायीहरुले हत्यारा पत्ता लगाएर कडाभन्दा कडा कारवाही नभएसम्म सरकारी टेण्डरमा पनि भाग नलिने बताएका छन् ।

घटना घटेलगत्तै राजधानीवाट बाहिरिने सबै नाकाहरुमा सुरक्षा चेकजाँच कडा बनाएर प्रहरीले अनुसन्धान गरिरहेको छ । हत्यामा संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई पेस्तोलसहित पक्राउ गरेको छ । यद्यपी घटनामा उनीहरुको संलग्नता भए÷नभए बारे भने केही खुलाइएको छैन ।

घटनाको थप अनुसन्धानका लागि अपराध महाशाखाका एसएसपी दिवेश लोहनीको संयोजकत्वमा अनुसन्धान सुरु गरिएको छ ।

घटना प्रकृतिको आंकलन गर्दै प्रहरीले गोली चलाउने व्यक्ति ‘सार्प सुटर’ भएको अनुमान गरेको छ । यता हत्या हुनुका केही कारणबारे विभिन्न आशंकाहरु पनि भइरहेका छन् । मध्यपहाडी लोकमार्गको सडक निर्माणका लागि केही दिनमै १४ करोड रुपैयाँ बराबरको ठेक्का लाग्दै थियो ।

सो काम ‘क’ वर्गको निर्माण कम्पनी डाँफे कन्स्ट्रक्सनका संचालक समेत रहेका गौचनको पोल्टामा पर्ने अनुमानसहित असन्तुष्ट समुहको निशाना पनि हुन सक्ने स्रोतको दाबी छ । घटना भएको दुइ दिनअघि कारागारमा रहेका बाहुन डन भनिने रमेश बाहुनका सहयोगीले धम्की सहित गौचनमाथि हातपात पनि गरेका थिए ।

गोली लाग्दा गौचनको साथमा ११ करोड भन्दा बढीको केही थान चेकहरु पनि थिए । व्यवसायी गौचन हत्याका पछाडी के कारण हुन सक्छ त ?

त्यसो त प्रहरीले पनि यो घटना पारिवारिक भन्दा व्यवसायिक लेनदेखकै कारण हुन सक्ने आशंका सहित अनुसन्धानलाइ अघि बढाएको छ । यद्यपी घटनाको दुइ दिन बित्दा समेत थप अरु रहस्य भने बाहिर ल्याउन सकेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);