हत्या गरी फरार भएका दुई जना काठमाण्डौँमा पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाण्डौँ, २४ असोज । १४ वर्षदेखि फरार हत्या अभियुक्त काठमाडौं बौद्धका दीपेन्द्र भन्ने दिपेन श्रेष्ठ पक्राउ परेका छन् ।

२०६० सालमा होली खेल्ने क्रममा झगडा पर्दा श्रेष्ठसहितको समूहले
काठमाडौं कुमारीगालका रोशन कुमार आले मगरको हत्या गरेका थिए । श्रेष्ठ काठमाडौंकै गोकर्णेश्वर नगरपालिका चामुण्डागेटबाट पक्राउ परेका हुन् ।

त्यस्तै ज्यान मुद्धाकै अर्का फरार काठमाडौंका संकेत श्रेष्ठ भनिने सुक्रितमान श्रेष्ठ पनि ७ वर्षपछि पक्राउ परेका छन् । श्रेष्ठले सात वर्षअघि आफ्नै श्रीमती नम्रता श्रेष्ठको हत्या गरी फरार भएका थिए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);