प्रचार कार्यमा एमाले ‘डिफेन्सिभ’ भएको महासचिव पोखरेलको स्वीकारोक्ति, प्रविधि र नयाँ पुस्तालाई जोड्न आग्रह | ईमाउण्टेन समाचार

Our Network

जेठ ३१ २०८३, सोमबार

प्रचार कार्यमा एमाले ‘डिफेन्सिभ’ भएको महासचिव पोखरेलको स्वीकारोक्ति, प्रविधि र नयाँ पुस्तालाई जोड्न आग्रह

काठमाडौं ।

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सूचना प्रविधिको तिब्र विकाससँगै पार्टीको प्रचार शैली रक्षात्मक (डिफेन्सिभ) बन्दै गएको स्वीकार गर्नुभएको छ । सोमवार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । महासचिव पोखरेलले विगतमा प्रचारको काममा प्रभावकारी देखिएको पार्टी हालका दिनमा केही पछि परेको उल्लेख गर्नुभयो । पार्टीका कार्यकर्ताहरू प्रविधिको प्रयोगकर्ता मात्र भएको तर दक्ष हुन नसकेको उहाँको ठम्याइ छ ।

उहाँले सामग्री निर्माण (कन्टेन्ट क्रिएसन) र लोकप्रिय डिजिटल प्लेटफर्महरूको अधिकतम उपयोगमा देखिएको खाडललाई पुर्नुपर्नेमा जोड दिनुभयो । पार्टीको प्रचार संयन्त्रलाई आधुनिक र प्रविधिमैत्री बनाउन विशेष ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।  यसअघि प्रचार विभागको नेतृत्वले गरेका कामहरूको समीक्षा गर्दै आगामी दिनमा नयाँ रणनीतिका साथ अघि बढ्न उहाँले निर्देशन समेत दिनुभयो ।

Leave a Reply

ताजा समाचार