श्रीमतीको हत्या गरी सेफ्टी ट्याङकीमा हालेर फरार विक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असोज ५ २०८०, शुक्रबार

श्रीमतीको हत्या गरी सेफ्टी ट्याङकीमा हालेर फरार विक पक्राउ

काठमाडौं,५ जेठ । आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका एक पुरुष पक्राउ परेका छन् । २६ वर्षीया केशु विकको हत्या गरी फरार रहेका अभियुक्त रोल्पा सुनछहरी गाउँपालिका–६ फगाम बस्ने ३९ वर्षीय गर्भे विकलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।
२०७९ फागुन २० गते दिउँसो गर्भेले श्रीमतीको हत्या गरी कपिलबस्तु शिबराज नगरपालिका–५ चन्द्रौटास्थित प्रयोगमा नआएको रिफ्रेस सेन्टर भवनको सेफ्टी ट्याङकीमा फाली फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा काठमाडौं चन्द्रागिरी नगरपालिका–१० सतुंगलबाट पक्राउ गरेको जनाएको छ ।
उनलाई आवश्यक कानूनी कारवाहीको लागि वडा प्रहरी कार्यालय चन्द्रौटा कपिलबस्तु पठाइएको छ ।

Leave a Reply