श्रीमतीको हत्या गरी फरार रहेका श्रीमान पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

श्रीमतीको हत्या गरी फरार रहेका श्रीमान पक्राउ

खोटाङ, २५ असोज । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ तालखर्कमा आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४० बर्षीय छत्र बहादुर गिरी रहेका छन ।

गत शुक्रबार बिहान५ बजे गिरीले आफ्नै श्रीमती ४४ बर्षीया ज्ञान कुमारी गिरीको हत्या गरेका थिए । आफ्नै घरमा बसिरहेको अवस्थामा बिहानी पख उनीहरु बीच घरायसी विषयमा सामान्य बादविबाद हुदा छत्रबहादुरले एक्कासी मसला पिस्ने लोहोरोले ज्ञान कुमारीलाई कन्चटमा प्रहार गर्दा उनी गम्भीर घाईते भएकी थिईन ।

घाईते ज्ञान कुमारीलाई थप उपचारको लागी काठमाण्डौं लैजादै गर्दा सोहि दिन दिउँसो सवाँ २ बजे बाटोमै मृत्यु भएको थियो । श्रीमतीलाई लोहोरोले कन्चटमा प्रहार गरेर छत्रबहादुर भने फरार भएका थिए ।

फरार रहेका उनलाई हिजो विहान खोटाङकै एरियामा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । उनी उपर कर्तब्य ज्यान अन्तरगत मुद्दामा कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);