धारिलो हतियार प्रहार गरी बुहारीको हत्या गर्ने जेठाजु पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

धारिलो हतियार प्रहार गरी बुहारीको हत्या गर्ने जेठाजु पक्राउ

धनुषा, १० पुस । धनुषाको मिथिला नगरपालिका–९ स्थित बडहरीमा बुहारीको हत्या गर्ने जेठाजु पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्था घर भएकी रानी देवीको हत्या गरी फरार रहेका उनका जेठाजु श्रीप्रसाद पंजियारलाई पक्राउ गरि प्रहरीले बिहीबार सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अपराध अनुसन्धान शाखा र ईलाका प्रहरी कार्यालय ढल्केबरकोे संयुक्त प्रहरी टोलीले श्रीप्रसादलाई बुधबार राति करिव ९ बजे पक्राउ गरेको थियो ।

श्रीप्रसादलाई जनकपुरधाम उपमहानगरपालिका–१ स्थित रेल्वे ट्रयाकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक रमेश बस्नेतले जानकारी दिनुभयो ।

आर्थिक लेनदेन र जग्गा विवादको रिसिबीका कारण श्रीप्रसादले बुहारीमाथि धारिलो हतियार प्रहार गरेर हत्या गरेको प्रारम्भीक अनुसन्धानमा खुलेको उपरिक्षक बस्नेतले बताउनु भयो ।

बुधवार दिउँसो बडहरीस्थित आँपको बगैँचामा श्रीप्रसादले बुहारी रानीमाथि धरिलो हतियार प्रयोग फरार भएका थिए । गम्भिर घाईते रानीलाई प्रहरी टोलीले उपचारको लागि मोडेल अस्पताल लालगढमा पठाएका थिए ।

उपचारका लागि लैजाँदै गर्दा रानीसँग सोधपुछको क्रममा आफ्नै जेठाजु श्रीप्रसादले खुकरी प्रहार गरी फरार भएको बयान दिएको उपरिक्षक बस्नेतले जानकारी दिनुभयो ।

मोडेल अस्पतालमा रानीको उपचार सम्भव नभएपछि थप उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरधाममा उनको मृत्यु भएको थियो । मृतक रानीको श्रीमान मिश्री पंजियार वैदेशिक रोजगारीको क्रममा विगत ३ बर्षदेखि मलेशियामा हुनुहुन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);