काठमाडौंलाई कुरुप बनाउने गरी राखिएका सबै सामाग्री हटाइने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौंलाई कुरुप बनाउने गरी राखिएका सबै सामाग्री हटाइने

काठमाडौं, १० पुस । सरकारले काठमाडौं शहरलाई कुरुप बनाउने गरी राखिएका होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, तार लगायतका सामाग्री हटाउने भएको छ । बिहिवार गृहमन्त्री रामबहादुर थापा सहित सरोकारवाला निकायबीच भएको बैठकले उक्त निर्णय गरेको हो ।

गृहमन्त्रालयमा भएको छलफलमा काठमाडौँ महानगरपालिकाभित्र शुक्रवारदेखि नै चार ओटा समुह बनाएर होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, भित्तेलेखन हटाउन सुरु गर्ने निर्णय भएको हो ।

त्यसैगरी बैठकले अन्य स्थानिय तहको हकमा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत कारवाही अघि बढाउने निर्णय गरेको छ । बैठकले अव्यवस्थित रुपमा राखिएका टेलिफोन, केबल तथा ईन्टरनेट सेवाप्रदायकका तारहरु हटाउन समयसिमा तोकि सार्वजनिक सूचना जारी गर्ने र तोकिएको अवधिभित्र नहटाए त्यस्ता तारहरुलाई काटेर हटाउने निर्णय गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);