ललितपुर महानगरपालिकाका भित्ता र पोलहरुमा टाँसिएका पर्चाहरु हटाइदैं (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

ललितपुर महानगरपालिकाका भित्ता र पोलहरुमा टाँसिएका पर्चाहरु हटाइदैं (फोटो फिचर)

ललितपुर, ६ चैत । ललितपुर महानगरपालिकाले महानगर क्षेत्रका भित्ता र पोलमा टाँसिएका पर्चाहरु हटाउन थालेको छ । स्वच्छ महानगर अभियान अन्तर्गत महानगरले भित्ता र पोलहरुमा टाँसिएका पर्चाहरु हटाई अबबाट पर्चा टाँस्न निषेध गरेको हो ।

महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले शुक्रबार बिहान कुपन्डोलको भित्तामा टाँसिएको पम्पलेट निकालेर अभियान सुरु गरेका छन्।

अभियानको शुभारम्भसँगै नगर प्रहरीहरुले भित्ता तथा पोलहरुमा टाँसिएका पर्चाहरु निकाल्न सुरु गरेको छ । ऐतिहासिक नगरीलाई पर्चा पम्पलेटहरुले कुरुप बनाएको बताउँदै मेयर महर्जनले अबबाट यसरी टाँस्नेहरुलाई कारवाहीको दायरा ल्याइने बनाए ।

महानगरपालिकाले पहिलो चरणमा बागमती नदी देखि सातदोबाटोसम्म, पाटन ढोका, पुल्चोकबाट मंगलबजारसम्मको क्षेत्रलाई प्राथमिकतामा राखेर पर्चा पम्प्लेटहरु हटाइने बताइएको छ ।

पर्चा हटाउने आजको अभियानमा महानगरपालिका नगरप्रहरी प्रमुख सीताराम हाछेथु पनि सहभागी थिए । उनले पनि स्वच्छ महानगरपालिका अभियान अन्तर्गत नै पर्चाहरु हटाउन थालिएको बताए ।

आउने दिनहरुमा पनि होर्डिङ बोर्ड राख्ने तथा पर्चा टाँसिएमा पाँचहजार रुपैँयासम्मको जरिवाना गराइने नगरप्रहरी प्रमुख हाछेथुले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);