हटाउन थालियो काठमाडौंलाई कुरूप बनाउने होर्डिङ बोर्ड | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

हटाउन थालियो काठमाडौंलाई कुरूप बनाउने होर्डिङ बोर्ड

hoding board

काठमाडौं, १२ पुस । काठमाडौंको सौन्दर्यतालाई कुरूप बनाइरहेका होर्डिङ बोर्ड हटाउने अभियानले तीव्रता पाएको छ । बिहीबार गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा बसेको सरोकारवालाको बैठकले कार्यदल बनाई तत्कालै होर्डिङ बोर्ड, पर्चा पम्प्लेट, भित्तेलेखनलगायतका सहरलाई कुरूप बनाउने प्रचार सामग्री हटाउने निर्णय गरेसँगै महानगरपालिकाले यसलाई तीव्रता दिएको हो ।

अभियानकै क्रममा शुक्रबार बबरमहल, तीनकुने र कालीमाटी क्षेत्रका तीन ठूला बोर्ड हटाइएको महाननगरपालिकाले जनाएको छ । नगर प्रहरी महाशाखा प्रमुख नायब उपरीक्षक धनपति सापकोटाका अनुसार यसअघि साना होर्डिङ बोर्ड हटाउँदै आएकामा शुक्रबारबाट भने ठूला होर्डिङ बोर्डसमेत हटाउन थालिएको हो ।

काठमाडौं धार्मिक, सांस्कृतिक र पर्यटकीय सहर भएकाले ‘नेपाल पर्यटन वर्ष २०२०’ लाई लक्षित गरेर अहिले नियमनलाई तीव्रता दिइएको महानगरको भनाइ छ ।

महानगरले २०७० सालमा जारी गरेको विज्ञापन सामग्री नियमनसम्बन्धी कार्यविधि र सर्वोच्च अदालतले १६ भदौ २०७२ मा वातावरणीय स्वच्छता र सहरी सौन्दर्यतालाई व्यवस्थापन गर्न प्रचार सामग्री हटाउन गरेको फैसला कार्यान्वयन गर्ने अभियानअनुसार सहरलाई कुरूप बनाउने सबै सामग्री हटाउन लागिएको जनाएको छ ।

यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);