अझै हटेन होर्डिङ बोर्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

अझै हटेन होर्डिङ बोर्ड

hoding board

काठमाडौं, ९ पुस । काठमाडौं महानगरपालिकाले उपत्यकाभित्र जथाभावी राखिएको होर्डिङ बोर्ड विज्ञापन हटाउन निर्देशन दिएको दुई हप्ता बितिसकेको छ तर त्यस्ता होर्डिङ बोर्डहरू हटाउन महानगरपालिकाले थप पहल गरेको छैन ।

महानगरपालिकाले उपत्यकाका विभिन्न क्षेत्रमा राखिएको पर्चा, पम्प्लेट, बोर्ड, होर्डिङ बोर्डले सहर कुरूप बनाएको भन्दै त्यस्ता विज्ञापन हटाउन सात दिनको म्याद दिएको थयो। सात दिनभित्र अनधिकृत विज्ञापन, पर्चा, पम्प्लेटलगायत विज्ञापन नहटाए महानगरले हटाएर खर्च असुल्ने बताइएको थियो। तर महानगरले भनेअनुसार काम हुन सकेको छैन।

महानगरले यस आर्थिक वर्षमा ५० स्थानबाट मात्रै विज्ञापन बोर्ड हटाएको छ। यता महानगरले हटाउन सुरु गरे पनि काठमाडौंका भवन तथा घरका छतमा नियमविपरीत होर्डिङ बोर्डहरू राख्ने होडबाजी चलिरहेकै छ। बिजुलीको पोल तथा सडकछेउको फलामे पोल तथा सिमेन्टको पोलमा राखिने व्यावसायिक ब्यानर तथा फ्रेमसहितको ब्यानर राख्न महानगगरभरि नै प्रतिबन्धित रहेको महानगरको प्रवक्ता ईश्वरमान डंगोलले बताए।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);