महानगरले हटायो ९ हजार अनाधिकृत होर्डिङ तथा साइनबोर्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

महानगरले हटायो ९ हजार अनाधिकृत होर्डिङ तथा साइनबोर्ड

काठमाडौं । काठमाडौं महानगरपालिकाले अहिलेसम्म ९ हजार अनाधिकृत होर्डिङ र साइनबोर्ड हटाएको दाबी गरेको छ ।

मापदण्ड भित्रै रहेका तर शुल्क नबुझाएका र तोकिएको आकारभन्दा ठूलो साइजका बोर्डहरु हटाएको काठमाडौं महानगरले जनाएको छ । गत असोज ७ गते मापदण्ड बमोजिम राख्न सकिने बोर्डहरुको आकार र त्यसमा लाग्ने वार्षिक शुल्कसमेत उल्लेख गर्दै ३० दिने सार्वजनिक सूचना जारी गरिएको थियो ।

सूचनामा मापदण्डमा आउन सक्ने बोर्डलाई दायरामा ल्याउन र मापदण्डभित्र नपर्ने बोर्ड आफैं व्यवस्थापन गर्न व्यवसायीलाई अनुरोध गरिएको थियो । तोकिएको समय सकिएपछि कार्तिक २७ गतेबाट अनाधिकृत बोर्ड तथा पाटी हटाउन थालिएको थियो । यससँगै भित्तेलेखन, अनाधिकृत पर्चा, पम्प्लेट र पोस्टर पनि हटाइने महानगरले जनाएको छ ।

महानगरको आर्थिक ऐन २०७९ बमोजिम ६ वर्ग फुटसम्मको बोर्डको वार्षिक शुल्क ५ सय रुपैयाँ हो भने १५ बर्गफुटसम्मको शुल्क १ हजार ५ सय रुपैयाँ तोकिएको छ । १५ बर्गफुटदेखि ३० वर्गफुटसम्मका होर्डिङ तथा साईनबोर्डको प्रति वर्गफुट १ हजार रुपैयाँ थप शुल्क तिर्नु पर्दछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);