महानगरले तोक्यो निजी स्कुलको शुल्क | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०८१, आइतबार

महानगरले तोक्यो निजी स्कुलको शुल्क

kathamandu mahanagar palika

काठमाडौं, ३० चैत । काठमाडौं महानगरपालिकाले निजी विद्यालयको शुल्क करिब २७ प्रतिशतले बढाएको छ । दुई वर्षअघि तोकेको शुल्कलाई समायोजन गरेको दाबी गर्दै महानगरले अधिकतम शुल्क तोकेको हो ।

महानगरको विद्यालय अनुगमन तथा शुल्क वर्गीकरण समितिले शुल्क बढाउने निर्णय गरेको विद्यालय व्यवस्थापन शाखा प्रमुख बुद्धि भट्टले बताए । महानगरले अघिल्लो व्यवस्थाअनुसार वर्गीकरण गरिएका ‘क’ देखि ‘घ’ वर्गका निजी विद्यालयको शुल्क तोकेको हो । यो शुल्क शैक्षिक सत्र २०७६ बाट लागू हुनेछ । उसले तोकिएको भन्दा बढी लिए कारबाही गर्ने भनेको छ । नयाँ शुल्कअनुसार ‘क’ वर्गका विद्यालयले कक्षा १ देखि ५ सम्म प्रतिविद्यार्थी मासिक अधिकतम २ हजार ८ सय १२ रुपैयाँ लिन पाउने छन् । ‘ख’ वर्गका लागि २ हजार ४ सय १८ रुपैयाँ, ‘ग’ वर्गकाले २ हजार २४ र ‘घ’ वर्गकाले १ हजार ६ सय ३० रुपैयाँ लिन सक्नेछन् ।

कक्षा ६ देखि ८ सम्म ‘क’ वर्गका विद्यालयले ३ हजार २ सय १५ र ‘ख’ वर्गकाले २ हजार ८ सय १ रुपैयाँ लिन सक्ने उल्लेख छ । ‘ग’ वर्गकाले २ हजार ३ सय ५१ र ‘घ’ वर्गका विद्यालयले मासिक १ हजार ९ सय १ रुपैयाँभन्दा बढी लिन नपाइने महानगरले जनाएको छ । कक्षा ९ र १० मा ‘क’ वर्गका विद्यालयले ४ हजार ३ सय ७३ रुपैयाँसम्म लिन पाउने छन् । ‘ख’ वर्गका विद्यालयले ३ हजार ७ सय ६२, ‘ग’ ले ३ हजार ४९ र ‘घ’ को २ हजार ५ सय ३७ रुपैयाँ शुल्क तोकिएको छ ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

अघिल्लो समाचार

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);