माग पुरा भए मात्र शव बुझ्ने आचार्यको परिवारको अडान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

माग पुरा भए मात्र शव बुझ्ने आचार्यको परिवारको अडान

काठमाडौं । मंगलबार संसद भवन अगाडी आत्मदाह गरेका प्रेमप्रसाद आचार्यका परिवारले शव बुझ्न अस्विकार गरेका छन् ।

परिवारले बिभिन्न माग राख्दै माग पुरा नहुँदासम्म शव नबुझ्ने अडान राखेका हुन् । उनीहरुले आचार्यले उठाएका मागहरुको उम्बोधन गर्न, आचार्यलाई आत्मदाह गर्न बाध्य पार्नेलाई कानुनी कारबाही गर्न, मृतकको ६० लाख कृषि लोन मिनाह हुनुपर्ने, मृतकको छोरीहरुको पठनपाठनको व्यवस्था गर्नुपर्ने, आचार्यलाई किसान/व्यवसायी सहिद घोषणा गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाको ब्याजदर कम तथा स।ल कर्जा उपलब्ध गराउन, एक किसान र कृषि उपजलाई बिना अबरोध र नगतमा नै कारोबार हुने व्यवस्था मिलाउनुपर्ने लगायतका माग राखेका छन् ।

आचार्यको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको छ ।

आत्मदाहको प्रयास गरेका आचार्यको उपचारको क्रममा क्रितिपुर स्थित बर्न अस्पतालमा निधनको भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);