प्रेमप्रसादको आत्मदाह दुरुत्साहनमा उपेन्द्र महतो, मीनबहादुर गुरुङसहित १२ विरुद्ध उजुरी (नामसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

प्रेमप्रसादको आत्मदाह दुरुत्साहनमा उपेन्द्र महतो, मीनबहादुर गुरुङसहित १२ विरुद्ध उजुरी (नामसहित)

काठमाडौं । मंगलबार संसद भवन अगाडी आत्मदाह गरेका प्रेमप्रसाद आचार्यका परिवारले १२ जना विरुद्ध किटानी जाहेरी दिएका छन् ।

उनीहरुले भाटभटेनि सुपरमार्केटका संचालक मीन बहादुर गुरुङ, नेपाल सरकार, ललितपुरको बालकुमारी स्थित क्याथफोर्ड इन्टरनेश्नल कलेज, सान इन्टरनेश्नल कलेज, सुजुकी सोरुम थापाथली, इलामको साङपाङ डेरी, झापाको धुलाबारीका अनिल भेट्वाल, मेट्रो तरकारीका र नेप एक्सप्रेश, डा. उपेन्द्र महतो एवंम डा. समता प्रसाद, गोल्यान एग्रो, पवन गोल्यान, डाबर नेपाल, कन्याम इन लगायत १२ जनाविरुद्ध जाहेरी दिएका हुन् ।

उनीहरुले प्रहरी परिसर टेकुमा जाहेरी दिएको टेकु प्रहरीले जनाएको छ । आचार्यका परिवारले बिभिन्न माग राख्दै माग पुरा नहुँदासम्म शव नबुझ्ने अडान राखेका छन् । उनीहरुले आचार्यले उठाएका मागहरुको उम्बोधन गर्न, आचार्यलाई आत्मदाह गर्न बाध्य पार्नेलाई कानुनी कारबाही गर्न, मृतकको ६० लाख कृषि लोन मिनाह हुनुपर्ने, मृतकको छोरीहरुको पठनपाठनको व्यवस्था गर्नुपर्ने, आचार्यलाई किसान÷व्यवसायी सहिद घोषणा गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाको ब्याजदर कम तथा स।ल कर्जा उपलब्ध गराउन, एक किसान र कृषि उपजलाई बिना अबरोध र नगतमा नै कारोबार हुने व्यवस्था मिलाउनुपर्ने लगायतका माग राखेका छन् ।

आचार्यको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको छ । आत्मदाहको प्रयास गरेका आचार्यको उपचारको क्रममा क्रितिपुर स्थित बर्न अस्पतालमा निधनको भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);