आचार्यको आत्मदह दुरुत्साहनको मुुद्दामा होला त कारबाही ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

आचार्यको आत्मदह दुरुत्साहनको मुुद्दामा होला त कारबाही !

काठमाडौं, १३ माघ । मंगलबार संसद भवन अगाडी आत्मदाहको प्रयासपछि मृत्युवरण गरेका प्रेमप्रसाद आचार्यका परिवारले १२ जनाविरुद्ध किटानी जाहेरी दिए । उनीहरुले भाटभटेनि सुपरमार्केटका संचालक मीन बहादुर गुरुङसहित आचार्यले उल्लेख गरेका १२ जना विरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गराए ।

आर्चायका परिवारले गुरुङसहित नेपाल सरकार, ललितपुरको बालकुमारी स्थित क्याथफोर्ड इन्टरनेश्नल कलेज, सान इन्टरनेश्नल कलेज, सुजुकी सोरुम थापाथली, इलामको साङपाङ डेरी, झापाको धुलाबारीका अनिल भेट्वाल, मेट्रो तरकारीका र नेप एक्सप्रेश, डा. उपेन्द्र महतो एवंम डा. समता प्रसाद, गोल्यान एग्रो, पवन गोल्यान, डाबर नेपाल, कन्याम इन लगायत १२ जनाविरुद्ध जाहेरी दिए । उनीहरुले प्रहरी परिसर टेकुमा जाहेरी दिएको टेकु प्रहरीले जनाएको छ ।

अधिवक्ता स्वागत नेपालको टोलीले पनि आचार्यले आफूले आत्मदह गर्नुको कारणबारे उल्लेख गरेको व्यक्तिविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दायर गरेको छ । अधिवक्ताको टोलीले आचार्यले उल्लेख गरेका सबै व्यक्ति तथा संस्थाविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा किटानी जाहेरी दर्ता गराएका हुन् । आत्मदह गर्न बाध्य बनाउने केही ठुला घरानियाका व्यवसायीहरुको नाम समेत आचार्यले उल्लेख गरेका छन् । उनीहरुविरुद्ध कारबाही के होला त्यो सबैको चासोको विषय बनेको छ ।

आचार्यका परिवारले बिभिन्न माग राख्दै माग पुरा नहुँदासम्म शव नबुझ्ने अडान राखेका थिए । मृतक आचार्यका परिवारले राखेका मागमा गृहमन्त्री रवि लामिछानेले एक्यवद्धता जनाएपछि परिवार शव बुुझ्न तयार भएको थियो । उनीहरुले आचार्यले उठाएका मागहरुको सम्बोधन गर्न, आचार्यलाई आत्मदाह गर्न बाध्य पार्नेलाई कानुनी कारबाही गर्न, मृतकको ६० लाख कृषि लोन मिनाह हुनुपर्ने, मृतकको छोरीहरुको पठनपाठनको व्यवस्था गर्नुपर्ने, आचार्यलाई किसान÷व्यवसायी सहिद घोषणा गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाको ब्याजदर कम तथा स।ल कर्जा उपलब्ध गराउन, एक किसान र कृषि उपजलाई बिना अबरोध र नगदमा नै कारोबार हुने व्यवस्था मिलाउनुपर्ने माग राखेको छ ।

आचार्यको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको छ । आत्मदाहको प्रयास गरेका आचार्यको उपचारको क्रममा क्रितिपुर स्थित बर्न अस्पतालमा निधनको भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);