प्रेमप्रसादका परिवारले दिए भाटभटेनीका संचालक सहित १२ जनाविरुद्ध किटानी जाहेरी (जाहेरीसहित) | ईमाउण्टेन समाचार

Our Network

साउन ५ २०८१, शनिबार

प्रेमप्रसादका परिवारले दिए भाटभटेनीका संचालक सहित १२ जनाविरुद्ध किटानी जाहेरी (जाहेरीसहित)

काठमाडौं । मंगलबार संसद भवन अगाडी आत्मदाह गरेका प्रेमप्रसाद आचार्यका परिवारले १२ जना विरुद्ध किटानी जाहेरी दिएका छन् ।

उनीहरुले भाटभटेनी सुपरमार्केटका संचालक मीन बहादुर गुरुङ, नेपाल सरकार, ललितपुरको बालकुमारी स्थित क्याथफोर्ड इन्टरनेश्नल कलेज, सान इन्टरनेश्नल कलेज, सुजुकी सोरुम थापाथली, इलामको साङपाङ डेरी, गोल्यान एग्रो, पवन गोल्यान। डाबर नेपाल, कन्याम इन लगायत १२ जनाविरुद्ध जाहेरी दिएका हुन् ।

उनीहरुले प्रहरी परिसर टेकुमा जाहेरी दिएको टेकु प्रहरीले जनाएको छ । आचार्यका परिवारले बिभिन्न माग राख्दै माग पुरा नहुँदासम्म शव नबुझ्ने अडान राखेका छन् ।

उनीहरुले आचार्यले उठाएका मागहरुको उम्बोधन गर्न, आचार्यलाई आत्मदाह गर्न बाध्य पार्नेलाई कानुनी कारबाही गर्न, मृतकको ६० लाख कृषि लोन मिनाह हुनुपर्ने, मृतकको छोरीहरुको पठनपाठनको व्यवस्था गर्नुपर्ने, आचार्यलाई किसान÷व्यवसायी सहिद घोषणा गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाको ब्याजदर कम तथा स।ल कर्जा उपलब्ध गराउन, एक किसान र कृषि उपजलाई बिना अबरोध र नगतमा नै कारोबार हुने व्यवस्था मिलाउनुपर्ने लगायतका माग राखेका छन् ।

आचार्यको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको छ ।आत्मदाहको प्रयास गरेका आचार्यको उपचारको क्रममा क्रितिपुर स्थित बर्न अस्पतालमा निधनको भएको थियो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);