आत्मदाह प्रकरणः सस्तो लोकप्रियताका स्टन्ट बन्द गर्न सरकारलाई आन्दोलनकारीको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

आत्मदाह प्रकरणः सस्तो लोकप्रियताका स्टन्ट बन्द गर्न सरकारलाई आन्दोलनकारीको चेतावनी

काठमाडौं । मंगलवार संघीय संसद भवन अगाडि आत्मदाह गर्नुभएका प्रेमप्रसाद आचार्यले उठाएका मागहरुको सम्बोधन गर्न माग गर्दै आजपनि शान्तिपूर्ण बिरोध भएको छ ।

माईतीघर मण्डलामा आज (बिहीवार) पनि मृतक आचार्यले उठाउनुभएका मागहरु पूरा गर्न सरकारलाई दबाब दिँदै युवाहरुले शान्तिपूर्ण बिरोध गरेका हुन् । उनीहरुले सरकारले औपचारिकता मात्रै पूरा गर्ने गरेको र मृतक आचार्यका मागहरु छानबिन गर्ने भनेर औपचारिकता पूरा गर्न मात्रै सरकार लागिपरेको भन्दै त्यसको बिरोध जनाएका छन् । प्रदर्शनमा उपस्थित प्रदर्शनकारीहरुले मृतक प्रेमप्रसाद आचार्यले आत्मदाह गर्नुपर्ने स्थिति कसरी सिर्जना भयो र त्यो अवस्थामा कसले पु¥यायो ? भन्ने बारेमा सरकार गम्भीर नबनेको आरोप लगाए ।

आत्मदाह गर्नुभएका आचार्यका परिवारलाई भेटेर सरकारले घटना थामथुम पार्ने प्रयास गरिरहेको आन्दोलनकारीको आरोप छ । उनीहरुले मृतक आचार्यलाई आत्मदाह गर्न बाध्य बनाउने दोषीहरुलाई कारबाही हुनुपर्ने माग राखेका छन् । आन्दालनकारीहरुले संघ र प्रदेशमा गरी ८ जना भन्दा धेरै मन्त्री एउटै पदमा रहँदासमेत जनताका समस्या समाधान गर्न नसके मन्त्री भएर बस्नुको कुनै औचित्य नरहेको र संघीयताको लाभ जनताले लिन नसकेको बताए । उनीहरुले जर्किन र बोतलमा पेट्रोल बेच्न नपाउने निर्णय गरेर सरकार गम्भीर बन्न नसकेको भन्दै गाउँमा ट्याक्टर चलाएर खाने किसानहरुलाई झनै समस्या पैदा गरेको बताए । उनीहरुले सरकारले हचुवाको भरमा निर्णय गरेर घटनालाई ख्यालख्यालमा लिइ घटना लुकाउने प्रयास गरिरहेको आरोप लगाए ।

सस्तो लोकप्रियताका स्टन्ट सरकारले अब बन्द गर्नुपर्ने चेतावनी दिँदै प्रदर्शनकारीहरुले सरकारले शान्तिपूर्ण आग्रह नसुने आगामी आन्दोलनका कार्यक्रमहरु फरक हुने बताए । उनीहरुले मृतक आचार्यले उठाउनुभएका मागहरु जायज रहेको र सरकारले औपचरिकता पूरा गर्ने नभइ मृतकले उठाएका मागहरुको उचित सम्बोधन हुनुपर्ने बताए ।

प्रदर्शनकारीहरुले उद्यमशील नेपाल, नारा मात्र हो सरकार ?, गरिखाने की मरिजाने ? भिसा देउ सरकार, खाडी जान्छु, दलालहरु होशियार, देशमै गरिखाने वातावरण बनाइदेउ सरकार लगायतका नारा लगाएर सरकारको बिरोध गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);