राष्ट्रपतिका कारण मैले पनि दुःख पाएँः सुशिला कार्की | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८३, सोमबार

राष्ट्रपतिका कारण मैले पनि दुःख पाएँः सुशिला कार्की

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारी राजा जस्तै भएको टिप्पणी गर्नुभएको छ ।

बिहीवार काठमाडौंमा प्रेस काउन्सिल नेपाल, नेपाल कानून समाज लगायतका संस्थाले संयुक्त रुपमा आयोजना गरेको आम निर्वाचन २०२२ को मिडिया अनुगमन प्रतिवेदनसम्बन्धि राष्ट्रिय कार्यशाला गोष्ठीमा बोल्दै पूर्वप्रधानन्यायाधीश कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका कारण आफूले दुःख पाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो । ‘राष्ट्रपतिबाट मैले पनि दुःख पाएँ । कहाँबाट म आउनुपर्ने, सर्टकट नजिकमा आउनुपर्ने धेरै घुमेर आएको हुँ म पनि आज । राजाले ठिक गरेनन् भनेर आउने मान्छेहरु राजै जस्तो भए । यो मानसिकता जाने भनेको यही चुनावले हो,’ उहाँले भन्नुभयो ।

उहाँले आयोगको कार्यक्रममा आउँदा राष्ट्रपतिको सवारीका कारण आफू लामो बाटो घुमेर आउनुपरेको उल्लेख गर्नुभयो । उहाँले राजाले ठिक गरेनन् भनेर आउने मान्छेहरु पनि राजा जस्तै भएको टिप्पणी गर्नुभयो । पूर्वप्रधानन्यायाधीश कार्कीले पुराना प्रतिनिधिहरुको मानसिक विकास हुन नसकेको भन्दै गत निर्वाचनबाट युवाहरु आउनु सकारात्मक भएको बताउनु भयो ।

राम्रो व्यक्तिहरुलाई प्रतिनिधि बनाउन सकिएमा मुलुकले राम्रो बाटो पाउने उहाँले बताउनु भयो । उहाँले गत निर्वाचन शान्तिपूर्ण रुपमा भएको बताउनु भयो । निर्वाचनबाट पुरानो मानसिकताहरु फिल्टर हुँदै गएको भन्दै उहाँले नयाँ सोचाई भएका कर्मठ युवा, युवतीहरु आगामी दिनमा अझ आउनुपर्ने बताउनु भयो ।

Leave a Reply